म किसिङ र न्यूडिटीका लागि बनेको होइन : सलमान

प्रकाशित मिति:

एजेन्सी –बलिउडका दबंग खान सलमान खानको फिल्ममा जबरदस्त एक्सन हुने गर्दछ । उनको फिल्ममा रोमान्स पनि हुन्छ तर, किसिङ सिन हुँदैन । खासमा, सलमानले फिल्ममा किसिङ सिन नदिने आफैंसँग कसम खाएका छन् । एक अन्तर्वार्तामा उनले आफू किसिङ र न्यूडिटीका लागि नबनेको बताएका छन् । डीएनएलाई दिएको एक अन्तर्वार्तामा उनले भनेअहिले पनि जब किसिङ सिन आउँछ, तब हामी सबैलाई अनौठो महशुस हुन्छ । तपाईं जसरी चाहनुहुन्छ यसलाई त्यसरी नै देखाउन सक्नुहुन्छ । तर, म सधैं आफ्नो ध्यान क्लिन फिल्मतिर राख्नेछु । म सबै साथमा बसेर हेर्न मिल्ने फिल्म गर्नेछु ।

किसिङ र न्यूडिटीका लागि आफू विल्कुलै नबनेको बताउँदै उनले भने म चाहन्छु कि, हाम्रो ब्यानरमा यस्तो फिल्म बनोस्, जसमा एक्सन, रोमान्स होस् र सबै साथमा बसेर हेर्न सकुँन । म यो चिज सधैं बनाएर राख्न चाहन्छु । यदी कुनै फिल्म ए रेटेड भए पनि त्यो एक्सनको कारण हुनेछ ।उनले आफूले आफूलाई औसत अभिनेता भनेका छन् । उनी भन्छन्, शाहरुख खान र आमिर खान लेजेन्ड हुन् । दुईको एकरदुई फिल्म नराम्रो हुनसक्छ तर, उनीहरु सधैं सानदार कमब्याक गर्दछन् । तर, म औसत ट्यालेन्ट भएको कलाकार हुँ । म लकको कारण सर्भाइव गरिरहेको छु ।