दृष्ट्रिविहिन र बेसहारा वृद्धालाई खाद्य सामाग्री हस्तान्तरण 

प्रकाशित मिति:

कौरव खत्री  गुल्मी १४ कार्तिक ।।  गुल्मीकी एक वृद्धालाई दैनिक खाद्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । बुधवार गुल्मी दरवार गाँउपालिका १ बोटेगाँउ की ८१ बर्षीय वृद्धा सुमित्रा बोटमाझीलाई एक पत्रकारको टोलीद्धारा खाद्यान्नका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । गुल्मी टेलिभिजनका प्रमुख दिपक नेपालीको लोकप्रिय कार्यक्रम संर्घषका कथा कार्यक्रम मार्फत दुवै आँखा नदेख्न बेसाहारा वृद्धाको कार्यक्रम प्रशारण गरेपछि सोही संर्घषका कथा कार्यक्रम युटुवमा हेरेर दाङ जिल्ला घर भइआएका हाल बैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका समाजसेवी यम बहादुर विकले दृष्ट्रिविहिन र बेसहारा वृद्धालाई पठाएको सहयोग रकमले वृद्धाको लागि दैनिक खाद्यान्नका सामाग्रीहरु अन्र्तगत फलफुल,चिनिचियापत्ति,चाउचाउ,विस्कुट,नरिवल बदाम लगायत सावुन,र नगद सहितका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

खाद्यान्नका सामाग्रीहरु हस्तान्तरण कार्यक्रममा गुल्मी न्यूजका प्रमुख सञ्जु काउछा,रेडियो सारथीका गुल्मी ब्यूरो रामकृष्ण कंडेल, गुल्मी टेलिभिजनका प्रमुख दिपक नेपाली, गुल्मी टेलिभिजनका संम्वाददाता महेन्द्र कौसल, रिपोर्टर्स क्लव नेपाल गुल्मीका अध्यक्ष कौरव खत्री, स्थानीय समाजसेवी होम बहादुर माझी, मेहरसिंह माझी, सरस्वति माझी लगायतको सहभागिता रहेको थियो

 

सोही अवसरमा स्थानीय समाजसेवी होम बहादुर माझीले भने टेलिभिजनले प्रशंसनीय कार्य गरेकोले संर्घषका कथा कार्यक्रमका सञ्चालक तथा गुल्मी टेलिभिजन एवं सम्पूर्ण पत्रकारहरु र सहयोगदातालाई धन्यवाद दिए । खाद्यान्नका सामाग्रीहरु हस्तान्तरण कार्यक्रमको सञ्चालन भने पत्रकार कौरव खत्रीले गरेका थिए ।