डुबेर एकजनाको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको रोहिणी गाउपालिकामा रहेको खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रोहिणी गाउपालिका वडा नम्बर २ श्रीनगरका ८० बर्षिय वृद्ध मथुरा बनिया रहेका छन ।
गाउ बाहिर रहेको खोलाको कल्भर्ट छेउमा बसी रहेका बनिया पानीमा खसेका थिए । खोलाकै छेउछाउमा रहेको बालबालिकाहरुले वृद्धलाई खोलामा खसेको देखे पछि गाउलेलाई खबर गरेका थिए । गाउलेले खोजी गर्दा वृद्ध नभेटिए पछि ईलाका प्रहरी कार्यालय धकधईलाई खबर गरेका थिए ।
घटना स्थलमा पुगेको ईलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल पजरकट्टि बेस क्याम्प र स्थानियहरु समेतको सहयोगमा डुबेको करिब २ घण्टापछि उनलाई मृत अवश्थामा खोलाबाट निकालिएको थियो ।
वृद्ध खोलामा कसरी खसेको त्यस बारे अनुसन्धान भै रहेको र शव पोष्टमार्टमको लागी भैरहवाको भिम अस्पतालमा पठाईएको ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायब निरिक्षक भरत थापाले बताए ।

उता
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका डिर्भनामा एक ब्यक्तिको बेवारिसे शब फेला परेको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ को सल्लिकोट स्कुल नजिकै रहेको चिल्याथुम जंगलमा एक अपरिचित ब्यक्तिको हत्या गरि बोरामा हालेर फालेको अवस्थामा शब भेटिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक खिमबहादुर घमले बताए ।