एजेन्सी – एक बन्दूकधारीले बिहीवार राति क्यालिफोर्नियामा हलोवीन पार्टीमा गोलीकाण्ड मच्चाएर चारजनाको हत्या गरेका छन् भने धेरैलाई घाइते बनाएका छन् । प्रहरीलाई राति ११ बजे ओरिन्डा काउन्टीस्थित लुसिल वे बोलाइएको थियो । त्यहाँ १०० जना युवाले पार्टी गरिरहेका थिए । उक्त पार्टीलाई इन्स्टाग्राममा एयरबीएनबी म्यान्सन पार्टी भनी उल्लेख गरिएको थियो । एउटा पर्चामा पाहुनाहरूलाई पार्टीको स्थानको बारेमा बुझ्नका लागि डीएम गर्न, आफ्नो रक्सी आफैं ल्याउन र आफ्नो गाँजा आफैं ल्याउन भनिएको थियो ।
एउटा पोस्टमा पार्टी भेन्युको ढोका राति १० बजे खुल्ने लेखिएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार, लेनी कलेजका विद्यार्थीहरू पार्टीमा उपस्थित थिए । एक छिमेकीले घरभित्र गोली चलेको आवाज सुनेको र घरमालिकसँग कुरा गरेको बताए । घरमालिकले उक्त घर एयरबीएनबीमार्फत भाडामा दिइएको बताएको उनले जानकारी दिए ।












