काठमाडौं – आइतबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कर्डियोथोरासिक एण्ड भस्कुलर सेन्टरमा स्वास्थ्य परिक्षण गराएर फर्किएसँगै मन्त्रिपरिषद् बैठक सुरु भएको थियो । बैठकमा अन्य कुन कुन विषयमा निर्णय भयो भन्ने बारे भने केही बताइएको छैन।
डा. कोइरालालाई शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा बनेको१९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले त्रिविको उपकुलपतिका लागि पनि सिफारिस गरेको थियो। प्रधानमन्त्री आजै ग्राण्डी अस्पतालमा डायलाइसिसका लागि जानसक्ने सम्भावना पनि रहेको स्रोतले बताएको छ।










