अमेरिकालगायत बिभिन्न मुलुकमा यस कारण फेरिन्छ समय

प्रकाशित मिति:

अमेरीका । नोभेम्बर महिनाको पहिलो आइतबार यसपटक ३ तारिखमा परेको छ। यही दिन मध्य राति दुर्इ बजेदेखि यस वर्षको डे लाइट सेभिङ टाइम सकिदैछ। हरेक वर्ष मार्च महिनाको दोश्रो आईतवारबाट सुरू हुने यस वर्षको डेलाइट सेभिङ टाइम मार्च १० तारिखबाट सुरू भएको थियो। त्यही दिनदेखि एक घण्टा छिटो शुरु भएको समय नोभेम्बर ३ तारिख आइतबार अन्त्य हुँदैछ। अर्थात् नोभेम्बर ३ तारिख रातको १ बजेर ५९ मिनेट गएपछि दुर्इ बज्नुपर्नेमा घडीको घण्टा काँटा फेरि एकमा फर्कन्छ र दुर्इपटक एक बजाउँछ। सामान्य अर्थमा बुझ्दा आज २५ घण्टाको दिन हुन्छ। सधैंभरि डलर र निद्रा नपुग्ने अमेरिकामा आम मानिस अरू एक घण्टा सुत्न पाउँछन् । तर, रात्रिकालिन समयमा काम गर्नेहरूले भने सित्तैमा एक घण्टा बढी काम गर्नुपर्ने हुन्छ। कतिपय राम्रा साहूजिहरूले एक घण्टा थपेर ज्याला दिन्छन् भने कतिले त्यति मानवीयता पनि नदेखाएर मजाले श्रम शोषण गर्छन्। सन् २०२० को डे लाइट सेभिङ टाइम मार्च महिनाको दोश्रो आईतवारबाट शुरु नहुञ्जेल अमेरिकामा एक घण्टा ढिलो बनाइएको यही समयअनुसार चल्नुपर्ने हुन्छ। १ घण्टा समय पछाडि फर्किने भएकाले माइक्रोवेभ, हातेघडी, भित्तेघडी, ओभन जस्ता चिजहरुमा घडी एकघण्टा पछाडि सार्नुपर्नेछ भने मोबाइल, ल्यापटप जस्ता इन्टरनेट कनेक्ट हुने डिभाइसहरुमा घडी आफै १ घण्टा पछाडि सर्नेछ ।

प्रायस् सधैं अत्यन्तै ब्यस्त रहने अमेरिकी जिवनशैलीमा एक घण्टा थप मस्तले सुत्ने वा थकान मेटाउन पाउने यो पललाई बिद्यार्थी लगायत प्रायशले रमाइलो मान्छ्न् भने केही सिमित व्यक्तिहरू यसलार्इ अव्यवहारिक कुरा भनेर मन पराउँदैनन् । अमेरिकाकै अरिजोना रानज्यले त यसलार्इ अस्वीकार गर्दै आएको छ ।सधैंभरि डलर र निद्रा नपुग्ने अमेरिकामा आम मानिस अरू एक घण्टा सुत्न पाउँछन् । तर, रात्रिकालिन समयमा काम गर्नेहरूले भने सित्तैमा एक घण्टा बढी काम गर्नुपर्ने हुन्छ। कतिपय राम्रा साहूजिहरूले एक घण्टा थपेर ज्याला दिन्छन् भने कतिले त्यति मानवीयता पनि नदेखाएर मजाले श्रम शोषण गर्छन्।यसको इतिहास पल्टाउँदा, सन् १७८४ तिर बेन्जामिन फ्रान्क्लिनले आफ्नो एक निबन्ध मार्फत यदि बिहान् सवेरै उठ्न सकेको खण्डमा धेरै मैनबत्तीहरुको खपतबाट धेरै रकम बचत हुने बताएका थिए, यसरी नै इन्धन र धनको निकै खपत हुने भएकोले अमेरिकामा पनि यो प्रचलनको शुरुआत सन् १९१८ बाट भएको मानिन्छ।इन्धन र श्रोतलाई बचत गर्ने उद्देश्यले पहिलो विश्व युद्ध ताका सन् १९१६ तिर सबै भन्दा पहिले आधिकारिक रुपमा जर्मनहरुले यसको शुरुआत गरेका थिए भने अमेरिकाले सन् १९१८ देखि मात्र यसलाई प्रचलनमा ल्याएको देखिन्छ। संसारभरको करिव ७० जति मुलुकमा यस्तो प्रचलन भएको पाईएता पनि अमेरिका कै अरिजोना र हवाई राज्य र केही शहरहरुमा यो पाईदैन।विभिन्न समयकाल र उतारचढावहरु गर्दै सन् १९६६ मा अमेरिकामा कानुन नै बनाई यो समय लागू गरिएको हो । तर, अपवादका रूपमा अरिजोना राज्यले भने डेलाइट सेभिङ टाइम प्रयोग गर्दैन ।