काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले धरान महानगरपालिका मेयरमा प्रकाश राई उम्मेदवार बनाउने भएको छ ।नेकपा सचिवालयको आइतबार बसेको बैठकले धरानको मेयरमा राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।यसअघि नेकपाको प्रदेश कमिटीबाट उनीसहित फोक्वाहाङ सुब्बा चोत्लुङ, वेणु काफ्ले र विजय राई सिफारिस भएका थिए ।सुनसरी जिल्ला कमिटी सचिवालय सदस्य रहेको राई नेकपाको पुराना र क्रियाशील नेता हुन् । २०३५ सालको चरम निरंकुश पञ्चायती समयमा १८ वर्षको उमेरमा कोअर्डिनेशन केन्द्र मार्फत कम्युनिस्ट पार्टीमा सङ्गठित भएका उनी निरन्तर क्रियाशील छन् ।
उनी २०४६ सालमा नेकपा माले सुनसरी १ नम्बर क्षेत्रीय कमिटी सदस्य माले र मार्क्सवादी बिच एकीकरणपछि नेकपा एमालेको २०४७ सालमा पार्टी सङ्गठित सदस्यता प्राप्त गरी सोही सालदेखि धरान नगर कमिटीको दुई कार्यकाल सदस्य भए ।यसै गरी २०५६ सालदेखि नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्यमा निरन्तर १ नम्बर निर्वाचन क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरेका थिए ।









