चौथौ सयपत्री गोल्डकप आजबाट : १२ टोली आमनेसामने हुदै

प्रकाशित मिति:

दिपक न्यौपाने  बुटवल । कार्तिक १८ । रुपन्देहीको पुरानो क्लब सयपत्री युवा क्लब रामनगरको आयोजनामा स्वं ज्ञानबहादुर गुरुङको स्मृतीमा चौथौ सयपत्री गोल्डकप नकआउट फुटबल प्रतीयोगीता आजबाट ( मंगलबार) शुरु हुदै छ । साबीक मानबज्ञान माबीको खेल मैदान रामनगरमा शुरु हुने प्रतीयोगीतामा १२ टोलीले प्रतीस्पर्धा गर्ने सोमबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।  प्रतीयोगीतामा बिजेता टोलीले नगद २ लाख २ हजार २ सय २२ रुपैया प्राप्त गर्ने छ भने उपबिजेता टोलीले नगद १ लाख १ हजार १ सय ११ प्राप्त गर्ने क्लबका अध्यक्ष कमल रानाले जानकारी दिए ।  प्रतीयोगीतामा आयोजक सयपत्रि युवा क्लबसगै नवलपरासी ११,पाल्पा ११,फर्साटिकर युवा क्लब, पाच नम्बर प्रदेश प्रहरी तालीम केन्द्र , अभिषेक चर्च ब्याइज रहजर,सुनौलो संगम युवा क्लब देबीनगर, लिस्नु युवा क्लब कोटीहवा,चितवन ११, सिम्रिक युवा क्लब बुटवल, सिद्धार्थ युवा क्लब बासगढी,भैरब देशभक्त युवा क्लब नवलपरासी गरी १२ टोलीले प्रतीस्पर्धा गर्ने छन ।

प्रतीयोगीतामा सर्वोउत्कृष्ट खेलाडीलाइ नगद १० हजार सहित सम्मान गरिनेछ भने बिधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाइ पनी नगद ५ हजार सहित मेडल र टफीसहित सम्मान गरिने क्लबका पुर्व अध्यक्ष तथा बुटवल उपमहानगरपालीकाका खेलकुद संयोजक नन्दु काउचाले जानकारी दिए । यस्तै म्यान अफ दी म्याच घोषीत खेलाडीलाइ दैनीक जनही २ हजारले सम्मान गरिनेछ । मंगलबारबाट शुरु हुने प्रतीयोगीता कार्तिक ३० गतेसम्म चल्ने छ । यसैबिच दर्शकको सुबिधाको लागी यसपटक ४ वटा प्याराफिट निर्माण गरिएको छ जहा करिब ३ हजार दर्शक अट्ने आयोजकले बिश्वास लिएको छ । खेलकुदको बिकास र युवा खेलाडी उत्पादनको लक्ष्यसहित बि.सं २०४८ सालमा स्थापना भएको क्लबले खेलकुद सगै अन्य सामाजीक कामलाइ पनी अगाडी बढाइरहेको छ । मंगलबार एक कार्यक्रमका बिच प्रदेश पाचका सामाजीक बिकास मन्त्रि सुर्दशन बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको क्लबले जनाएको छ । प्रतीयोगीताको पछिल्लो संस्करण खनाल ब्रर्दश फर्साटिकरले उचालेको थियो ।