कुवेतविरुद्धको खेल नेपालले घरेलु मैदानमा खेल्न नपाउने

प्रकाशित मिति:

काठमाडौं – कतारमा २०२० मा आयोजना हुने फिफा विश्वकप अन्तगर्त एसियन छनोटको कुवेतविरुद्धको खेल नेपालले घरेलु मैदानमा खेल्न नपाउने भएको छ । एकमात्र अन्तर्राष्ट्रिय खेलमैदान दशरथ रंगशाला निमार्णधिन भएको अवस्थामा नेपालले छनोट खेल घरेलु मैदानमा खेल्न नपाउने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विज्ञप्ति जारी गर्दै अर्को विकल्पका रुपमा भुटानमा खेल खेलाउनेबारे फिफा र एएफसीलाई प्रस्ताव गरेको बताएको छ । निमार्णधिन अवस्थामा रहेको रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार नभएको अवस्थामा खेल अन्तै सार्न एएफसीले निर्देशन दिएपछि एन्फाले अर्को विकल्प अघि सारेको हो ।

केहीदिनअघि एएफसीका प्रतिनिधी देङ सिओ लोङसहितको टोलीले रंगशालाको निरीक्षण गरेको थियो । निरीक्षणपछि एएफसीले एन्फालाई खेल सार्न निर्देशन दिएको हो । कुवेतविरुद्धको खेल मंसिर ३ गते हुनेछ ।n नेपालले यसअघि अवे खेलमा कुवेतसँग ७-० को हार व्यहोरेको थियो । चाइनिज ताइपेइमाथि २-० को जित निकालेको नेपालले अस्ट्रेलियासँग ५-० तथा जोर्डनसँग ३-० ले पराजय भोगेको थियो ।