तीज विशेष दरखाने कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमको तयारी पूरा

प्रकाशित मिति:
कमल न्यौपाने । युएई । एनआरएनए युएई क्षेत्रीय समन्वय परिषद अलऎनको आयोजनामा ०७ सेप्टेम्बर २०१८ शुक्रबारका दिन महिलाहरुको महान पर्व हरितालिका तीजको अबसर पारेर नेपाली दिदिबहिनिहरुलाई तीजको दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम २०१८ को तयारी पूरा भएको छ । नजिकिदै गरेको तीजमा परदेशमा भएका चेलिलाई पनि माईतिको झल्को दिलाउदै सम्पुर्ण दाजुभाईले आफ्ना चेलिलाई दर खुवाउने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गर्न लागिएको आयोजकको भनाई रहेको छ । कार्यक्रममा युएईमै रहेर लामो समयसम्म कलाकारितामा लागिरहेका कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक उज्ज्वल दाहालको भनाई छ । तीजको दरसंगै कलाकारहरुको प्रस्तुतिबाट उपस्थित सम्पुर्णले भरपुर मनोरञ्जन लिन सक्ने कार्यक्रमका संयोजक दाहाल बताउछन । अलऎनको टप ५ रेस्टुरेन्टमा यहि सेप्टेम्बर ०७ तारिक २०१८ शुक्रबारका दिन साँझ ठिक ६ बजे शुरु हुने उक्त कार्यक्रममा दरको रुपमा नेपाली स्वादिष्ट परिकारहरु समेत रहेको दाहलको भनाई छ ।