धुम्रपानले डिप्रेसन र सिजोफ्रेनिया

प्रकाशित मिति:

एजेन्सी – तपाईं यदि दिनहुँ धुम्रपान गर्नुहुन्छ या चेन स्मोकर हुनुहुन्छ भने आफ्नो आदत तुरुन्त परिवर्तन गर्नुहोस् । हालै बेलायतमा गरिएको एक अध्ययनले धुम्रपान गर्ने व्यक्तिलाई डिप्रेसन तथा सिजोफ्रेनियाजस्ता मानसिक रोगले आक्रमण गर्न सक्ने खतरा अधिक रहेको पत्ता लागेको छ । अध्ययनका प्रमुख रबिन वुटनका अनुसार, मेन्टल हेल्थसँग जोडिएको रोगबारे उपचार गर्दा हामी धुम्रपानको आदतलाई नजरअन्दाज गर्छौं । तर हाम्रो अध्ययनले के साबित गरेको छ भने, धुम्रमानसँग सिजोफ्रेनिया र डिप्रेसन जोडिएको छ । धुम्रपानले यस्तोखाले मानसिक रोग बढाउन ठूलो भूमिका खेल्दै आएको छ । वुटन ब्रिस्टन युनिभर्सिटीसँग आवद्ध छन् ।

उनी भन्छन्, ‘‘हामीले गरेको अध्ययनबाट पत्ता लागेको छ कि, हाम्रो शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यसँग जोडिएको समस्याबाट जोगिनका लागि धुम्रपान त्याग्न सक्नुपर्छ । धुम्रपानबाट हुन सक्ने समस्याहरुप्रति मानिसलाई जागरुक बनाउनुपर्छ । यो अध्ययन साइकोलोजीकल मेडिसिन जर्नलमा प्रकाशित छ । यो अध्ययनमा संलग्न टोलीले बेलायतको बायोबैङ्क डाटाका माध्यमबाट युरोपका ४,६२,६९० जनाको डाटा उपयोग गरेको थियो । डाटामा सामेल व्यक्तिमा ८ प्रतिशत धुम्रपान गर्ने रहेको र २२ प्रतिशत पूर्व धुम्रपानकर्ता थिए ।