नेपाली भुभाग फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका विप्लवका नेकपा निकट विद्यार्थी पक्राउ
काठमाडौँ – सरकार प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द (नेकपा)को विप्लव निकट विद्यार्थी पक्राउ परेका छन् । भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो देशको भुभाग परेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतले जारी गरेको नक्सामा अन्तर्राष्ट्रिय मान्यताविपरित नेपालको कालापनी, लिपुलेक र लिम्पियाधुरा भारत तर्फ देखाइएकोमा काठमाण्डुको माइतीघरमा विरोध गर्न भेला भएका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको नाम र अन्य विवरण भने खुलाइएको छैन ।









