आज कुशे औसी पर्व कुशलाई घरघरमा भित्र्याएर मनाइदै

प्रकाशित मिति:

हिन्दू धर्मावलम्बीहरूको पवित्र वनस्पति कुशलाई घरघरमा भित्र्याउने दिनका रूपमा आज कुशे औसी मनाइदै छ । प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन पर्ने यो दिन घरघरमा कुश भित्रयाउनुका साथै आफ्ना बुबाको मुख हेर्ने र विभिन्न परिकार खुवाउने प्रचलन छ ।कुश देवकार्य तथा पितृकार्य दुवैमा प्रयोग गरिने पवित्र वनस्पति हो । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ ।शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्मणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ काटिएको कुश आफ्ना यजमानका घरघरमा र्पुयाउने र कुश लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिदा र दक्षिणा दान गर्ने प्रचलन छ ।कुशे औँसीका दिन छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान आदरभावका साथ मुख हेर्ने चलन प्राचीन कालदेखि चलिआएको छ ।मातृदेवो भवः, पितृदेवो भवः,आचार्यदेवो भवः र अतिथिदेवो भवः भन्दै परापूर्व कालदेखि जन्म दिने आमा, बुबा, गुरु र अतिथिलाई देवताको रूपमा मान्ने प्रचलन छ ।कुशे औँसीका दिन बाबुलाई छोराछोरीले श्रद्धापूर्वक रूचिअनुसारको खानेकुरा खुवाई आशीर्वाद लिने गरिन्छ ।आजै नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती आइतबार देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो ।श्रृगाार रसलाई केन्ऽविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान र्पुयाएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए । ३० वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृगांरिक साहित्यका प्रणेता पनि मानिन्छ । थोरै बाचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले विसं १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए ।त्यस्तै नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको एकसय २ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, बिपी सङ्ग्रहालय सुन्दरीजल लगायत देशका विभिन्न ठाउँमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।