काठमाडौं / आज बसेको संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदनमा परेका नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा नवनियुक्त प्रधानन्यायाधीशमा मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको लगायतको उपस्थिति थियो ।
बरिष्ठ न्यायधीश जोशीले स्वागत गर्ने

संसदीय सुनुवाई समितिबाट अस्विकृत भइ प्रधानन्याधीश बन्न नसकेका सवोच्चका बरिष्ठ न्यायधीश दिपकराज जोशीले मिश्रलाई स्वागत गर्ने भएकाछन् । यो सँगै उनी फेरी सर्वोच्चमा फर्कने समेत बताएकाछन् । मिश्रको कार्यकाल ४ महिनाको मात्र भएकोले अझै १ बर्ष कार्यकाल भएका जोशी फेरी सर्वोच्चको प्रधानन्याधीशको दौडमा मिसिने संकेत देखिएको छ । जोशीले राजिनामा दिने धेरैले अनुमान र सुझाएका भए पनि अन्तत जोशी आफु भन्दा जुनियरलाई स्विकार्ने भएका हुन् ।












