काठमाडौं – नेपालमा चिकित्सा क्षेत्रमा ठुलो धनराशि खर्च गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले तोके भन्दा धेरै नै मनोमानि तरिकाले मेडिकल कलेजहरुले विद्यार्थीसँग शुल्क लिदै आएका छन् । लामो समय देखि विद्यार्थीहरुले आन्दोलन पनि गर्दै आएका छन् । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्नुपर्ने बताउनु भएको छ । सरकारलाई झुक्काएर गोप्य ढंगले मेडिकल कलेजले विद्यार्थीबाट शुल्क लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तोकेको भन्दा अतिरीक्त लिएको शुल्क फिर्ता गर्नुको विकल्प नहुने उहाँले स्पष्ट पार्नुभयो ।
राष्ट्रिय युवा संघको एकता भेलालाई सम्बोधन गर्दै आइतबार काठमाडौंमा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । सरकारलाई छक्काएर गोप्य ढंगले लिएको पैसा ठगीको रकम भएको भन्दै जसरी नि फिर्ता गर्नुपर्ने बताउनुभयो । सरकारले ठगी गरेको पैसा फिर्ता गर्न मेडिकल कलेजहरुलाई स्पष्ट भनेको पनि उहाँले उल्लेख गर्नुभयो । मेडिकल कलेजले विद्यार्थीलाई दुहुनो गाई बनाएको उहाँको आषय थियो । उहाँले मेडिकल कलेज मच्छड जस्तै भएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मेडिकल कलेजले विद्यार्थीलाई रगत तान्ने भाँडो बनाउन भएन ।









