लुम्बिनी भ्रमण बर्षलाई सार्थक बनाउनमा सार्थक बन्नेमा मन्त्री पोख्रेलको बिश्वास
लुम्बिनी/संघियतामा संचार,समृद्धिका लागि मोफसलको मुलधारू भन्ने अभियान सहित लुम्बिनी प्रेस क्लब,रुपन्देहीको आयोजनामा आज देखि ३ दिने लुम्बिनी न्युज फेस्टिबल शुरु भएको छ।लुम्बिनी भ्रमण बर्षको मध्य समयमा नेपाली संचार क्षेत्रमा अभ्यासको रुपमा पहिलो पटक संचालन गरिएको न्युज फेस्टिबलले लुम्बिनी भ्रमण बर्षलाई सफल बनाउन सहयोग पुर्याउने उद्देश्यका साथ आयोजना गरिएको हो।लुम्बिनी न्युज फेस्टिबलको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले ५ नं। प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्षलाई सफल बनाउन न्युज फेस्टिबल सार्थक बन्ने बिश्वास गर्दै सिद्दार्थलाई जन्म मात्र नभै सिद्धार्थलाई बुद्धत्व समेत दिएको र पतन्जली योगको शुभारम्भ समेत पाणिनी क्षेत्रमा भएको कुरालाई पत्रकारिता मार्फत नेपाली पत्रकारहरुले पकलम चलाउनु पर्ने आग्रह गर्नु भएकोछ।संचार क्षेत्रले ओझेलमा परेका पर्यटकिय स्थलहरुलाई प्रचार प्रसार गरि पर्यटन क्षेत्रको पर्बद्दन गर्नु पर्नेमा जोड दिनु भएकोछ।
फरक प्रसंगमा बोल्दै जब सम्म स्थानिय तह बलियो नहुदा सम्म जनता बलियो हुणसक्ने बताउदै देश संघियतामा गएपछि स्थानिय क्षेत्रमा बिकासको गतिले तिब्रता पाएको बताउदै अन्य प्रदेशमा भन्दा पुजिगत खर्च गरि स्थानिय तहको बिकासलाई अगाडी बढाएको बताउनु भएकोछ।लुम्बिनी न्युज फेस्टिबलका कार्यक्रम संयोजक दिपेन्द्र बडुवालले कार्यक्रमको महत्वको बारेमा चर्चा गर्नु भएको थियो भने प्रेस क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता,महासचिब सम्झना शर्माको संचालन र उपाध्यक्ष नरेश के।सी।को स्वागतमा फेस्टिबलको शुभारम्भ भएको हो।









