संसदमा कांग्रेसले भन्र्यो : राज्यको सुरक्षा व्यवस्थामा समेत विश्वस्त हुन नसक्ने अवस्था किन आयो?

संसद वैठक अवरुद्ध

प्रकाशित मिति:

काठमाडौ – कञ्चनपुरकी १३ वर्षिया वालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा सरकारले अपराधीको संरक्षण गर्न र घटना ढाकछोप गर्न लागेको भन्दै प्रतिपक्षी नेपाली कांग्रसले प्रतिनिधि सभाको बैठक अवरोध ग-यो।

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले संसद वैठक सुरु भएको घोषणा गर्नासाथ काँग्रेसका सांसदहरु आफ्नो कुर्चीबाट उठेर विरोध जनाएका थिए। काँग्रेस सांसद दिलेन्द्रप्रसाद बढुले दिनानुदीन नाटकीय रुपमा रहस्यमय घटना भइरहेका र अनुसन्धानमाफर्भत अपराधी पत्ता लगाउने भन्दा पनि राज्यसंयन्त्र घटना ढाकछोपमा लागेको आरोप लगाए।

दिलेन्द्रप्रसाद बढुले भने   कञ्चनपुरको घटना राज्य संरक्षित अपराधको स्वरुप हो। दिनानुदिन अनुसन्धान टोली परिवर्तन भइरहेका छन्। घटना अनुसन्धान समितिमा संलग्न सरकारका उपसचिब वीरेन्द्र केसीले चालु अनुसन्धान प्रकृया र त्यसको विश्वसनीयतामा प्रश्न उठाएर राजिनामा दिए।

उनले मूख्य दुई कुरा उठाएका छन्। निर्मलाको आत्मा र पीडितले न्याय पाउने अवस्था छैन भनेका छन्। त्यस्तै आफ्नो ज्यान को खतरा भयो भनेका छन्, कसरी भयो उनलाई खतरा? जीवन रक्षाका लागि उनी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्त,  राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संस्थाहरुमा जान पर्ने यो अवस्था किन आयो? नेपाल सरकारकोे उपसचिब जस्ताले समेत सुरक्षित महसुश गर्न नसक्ने अवस्था किन आयो?

राज्यको सुरक्षा व्यवस्थामा समेत विश्वस्त हुन नसक्ने अवस्था किन आयो?  राज्यको संयन्त्र सरकारले चालाईरहेको छ वा अन्यले? सरकारले जानकारी नदिएसम्म संसदको बैठक चल्न सक्दैन।