राप्ती गाउँपालिकाले नदिजन्य पदार्थको सम्झौता गर्ने

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली/देउखुरी दाङ – राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको तर्फवाट टेन्डर र आब्हान गरिएको नदि जन्य पदार्थको सम्झौता गर्ने भएको छ । राप्ती गाउँपालिकाले आब्हान गरेको भालुवाङ बगर, तिन सिमाना बगर र रनसिंङ बगरबाट ढुङ्गा, गीटि, बालुवा निकाल्ने गरि १ करोड ४५ लाख २५ हजारमा टेन्डर परेको थियो । राप्ती गाउँपालिकाले नियमानुसार प्रक्रिया पुरा गरि सो क्षेत्रबाट नदिजन्य पदार्थ निकाल्ने अनुमति सम्वन्धित निकाय वाट प्राप्त गरेको हो ।

प्युठानको आँशु निर्माण सेवाले प्राप्त गरेको ठेक्का नियमानुसार काम गराउनको लागि नागरिक, कर्मचारी, स्थानिय बाँसीहरुको निरन्तर अनुगमन गरिने गाउँपालिका कार्यालयले जानकारी दिएको छ । नदि जन्य पदार्थको तिन घाट ठेक्का भएपनि अन्य स्थानको लागि पुन टेन्डर आब्हान गरिएको छ ।  राप्ती गाउँपालिकाको कार्यालयले जानकारी दिएअनुसार कार्यपालिकाको बैठकले वडा नं ९ स्थीत भद्राक्षिदेवि मन्दिरको विकासका लागि आर्थिक संहयोगार्थ सञ्चालन हुने सप्ताह ज्ञान महायज्ञमा आर्थिक सहयोग गर्ने निर्णय गरेको बताईएको छ ।