धैर्यता शक्तिशाली योद्धा हो

बुद्धि मल्ल

प्रकाशित मिति:

बुद्धि मल्ल
लियो टल्स्टोयले भनेका छन् कि, धर्यता र समय दुई एकदमै शक्तिशाली योद्धाहरु हुन् । यो भनाईले धर्यतालाई समय सरह नै महत्वदिएकोले यसको महत्व सजिलै थाहापाउन सकिन्छ । मानिस जतिसुकै बिद्धान, बलवान, धनवानअर्थात शिपवानभएको होस् तर उसमा धर्यता छैन भने उसले सफलताप्राप्तगर्न सक्दैन । शास्त्रमापनिलेखिएको छ कि, मानिसमा धैर्यता चाहिन्छ ।

धर्य गर्न नसक्ने मानिसहरु जिवनमा सफलहुन सक्दैनन् । धर्यता सफलताको लागिनभई नहुने गुण हो ।
१९६० मा वाल्टर मिश्चेलले १२ बर्ष देखी १३ बर्षका १०० जनाबच्चाहरुसंग एउटा अध्ययन गरेका थिए । अध्ययनअनुसार मिश्चेलले बच्चाहरुलाई एउटा कोठामा राखे र सबैलाई एउटा मार्सम्यालो (मिठाई) दिएर र भने ः तिमिहरुले यो मार्सम्यालो १५ मिनेटसम्म खाएनौ भने क्यान्डि र चकलेट पाउनेछौ । १५ मिनेट समय बितेपछि १०० जनाबच्चामध्ये ७जनाले मार्सम्यालो खाईसकेको पांउछन् भने ८२ जनाबच्चाहरुले आफ्नो र साथिहरुको हातमा रहेको मार्सम्यालोको बारेमा मेरो ठुलो, मेरो सेतो, उसको सानोभनिकुरा गरिरहेको पांउछन् भने बांकी ११ बच्चाहरु जसले मिश्चेलको कुरा राम्रोसंग ध्यानदिएर सुने अनिधर्य राखे, उनिहरुले आफ्नो मार्सम्यालोलाई छेउमा राखेर आआफ्नो काममाब्यस्तभए ।

३० बर्षपछि फेरीति १०० जनाबच्चाहरुमाथि फेरी अर्काे अध्ययनगरियो । अध्ययनअनुसार जुन७बच्चाहरु जसले मार्सम्यालो १५ मिनेट अगाडी नै खाएकाथिए, कुनै अपराधीभएकाथिएभने कुनै भिखारी त कुनै जेलमाथिएभने ८२ बच्चाहरु जसले १५ मिनेटसम्म मार्सम्यालो खाएनन् तर हातमा राखेका थिएभने बांकि ११ बच्चाहरु जसले १५ मिनेट मार्सम्यालोलाई भुंईमा राखीआआफ्नै काममाब्यस्तथिए ।

वाल्टर मिश्चेलको अध्ययनबाट पनिमानिसको सफलतामा धर्यताको कतिमहत्व हुन्छ भन्ने प्रष्ट हुन्छ । १५ मिनेट पनि धर्यतागर्न नसकेको बच्चा पछि ठुलो भएपछि अपराधीतथाभिखारी भएकाथिएभने कुनै जेलमाथिए । जुनबच्चाहरुले १५ मिनेट धर्यता त गरे तर मार्सम्यालोको मोह त्याग्ननसकिहातैमा राखेका थिए, तिबच्चाहरु औसत जिन्दगीबिताएकाथिएभनेजुनबच्चाहरु १५ मिनेट धैर्य पनि गरे र मार्सम्यालोलाई वास्तै नगरी भुईमा राखीआ–आफ्नो कार्यमाब्यस्तथिए, तिनिहरु जिन्दगीमाआ–आफ्ना क्षेत्रमा सफलब्यक्तिहरु बनेका थिए । यो अध्ययन ले के प्रष्ट पार्छभने, जति धेरै धैर्यता, त्यति नै धेरै सफलताप्राप्त हुन्छ ।

कुनै पनिकार्यको फलप्राप्तगर्नको लागि एक निश्चितअवधिआवश्य हुन्छ । कुनै पनि क्षेत्रमा सफलताप्राप्तगर्नको लागिउक्त क्षेत्रमाएकचित्तभएर मेहनतगनुृपर्छ र सोको लागि धर्यताआवश्यक हुन्छ ।धर्यता राख्नको लागिमानिसले आफ्नो बिवेकको सहि सदुपयोग गर्नुपर्छ । यस संसारमामानिसहरुको जिन्दगिमाबिभिन्ननकरात्मक परिस्थितिवादुखतथाबाधाहरु आउन स्वभाविकप्रक्रियाहो तर, जुनमानिसले आफ्नो बिवेकको सहि उपयोग गरेर धर्यताका साथ अगाडी बढ्छ, उ सफल हुन्छ भने जसले विवेकको सहि सदुपयोग गर्न नसकि धर्यता गुमाउंछ, उ असफल हुन्छ । यो संसारमा सिंह, बाघ, हात्तीलगायतका धेरै जनावरहरु मानिसहरु भन्दा धेरै शक्तिशाली छन् तर मानिस मात्रै यस्तो प्राणी हो जसले आफ्नो बिवेक सहि ठांउमा प्रयोग गरि धर्यताकायम राखेर महत्वपूर्ण उपलब्धिहांसिलगर्न सकेको छ ।

 

एक ब्यक्तिभगवानको दर्शन गर्नको लागि ठुलो पहाड चढेर मन्दिरमागई भक्तिगर्न थाल्यो । केहि दिनपछि ब्यक्तिको भक्तिदेखि प्रसन्न भई उक्तब्यक्तिलाई दर्शन दिनुभयो । भगवानको दर्शन पाएर ब्यक्तिखुशिभयो अनिभगवानलाई प्रश्न गर्यो ः भगवान ! दशबर्ष तपांईको लागिकति समयहो ?
भगवानले भन्नुभयो ः केवल १ मिनेट बराबर ।
ब्यक्तिले फेरी सोध्यो ः १ करोड रुपैंया तपांईको लागिकति बराबर हो ?
भगवानले भन्नुभयो ः सिर्फ १ रुपैंया बराबर ।
ब्यक्तिले भन्यो ः त्यसो भएमलाई बरदान स्वरुप १ रुपैंया दिनुहोस् ।
भगवानले मुसुक्कहांस्दै भन्नुभयो ः हुन्छ सिर्फ १ मिनेट पर्ख है ।
भगवानको कुरा सुनेर ब्यक्तिदंग पर्यो ।मानिसले कुनै पनि सफलता सजिलै हातपार्न सक्दैन । सफलताको कुनै पनि शर्टकट हुंदैन ।कुनै पनिप्रतिफलप्राप्तगर्नको लागि एउटा निश्चितअवधिसम्म त धैर्यता राख्नै पर्छ । धैर्यता राख्नसक्ने मानिस निराशबन्दैन र निरन्तर मेहनतले एकदिनअवश्यपनि सफल हुन्छ ।

संसारभर २० हजार भन्दा बढि रेष्टुरेन्ट खोल्न सफल म्याकडोनाल्ड पछिको संसारको दोश्रो ठुलो फास्ट फुड रेष्टुरेण्ट चेनका संस्थापककर्नल स्याण्डर्सले आफूले पकाएको केन्टकी फ्राईड चिकन बेच्नको लागि १००९ वटा रेष्टुरेण्टको ढोका ढक्ढकाएपछि मात्र एउटा रेष्टुरेण्टले पहिलो अर्डर लिएको थियो । ६२ बर्षका कर्नल स्याण्डर्सले पटक पटक रेष्टुरेण्टबाट अर्डर लिननकार्दा पनिहार नखाई मनमा धर्य लिई हिम्मतका साथ एकपछि अर्काे रेष्टुरेण्टको ढोका ढक्ढकाई रहे । एकदिनउनको धर्यताकामआयो रनतिजा स्वरुपउनको केन्टकी फ्राईड चिकेन बिश्वबिख्यातभयो र उनि संसारकै खर्बपतिमागनिए ।
मानिसले जिवनमाकुनै कामगर्न वानगर्न, कुनै कामलाई निरन्तरतादिनवानदिन धर्यले ठुलो भूमिका खेलेको हुन्छ । मानिसलाई असलबानिबसाल्नको वा खराब बानी छोड्नको लागि धर्यताको ठुलो खांचो हुन्छ जस्तै : नियमितशारिरीक ब्यायमगर्न, नियमितअध्ययनगर्न, मादकपदार्थ लगायतका सेवनहरु छोड्न आदी । त्यसरी नै मानिसले अन्यकुनै पनिअसलकार्य गर्नको लागि केहि निश्चितअनुशासको पालनागर्नुपर्ने हुन्छ जसको लागि धर्यताको ठुलो आवश्यक्ता पर्दछ ।
हिन्दिमा एउटा कबिता छ,
सबर कर बन्दे !! मुसीबत के दिन भि गुजर जाएंगे,
हंसी उडाने वालों के भि होश उड जाएंगे ।।
कवितामाभनिएको जस्तै हामिले धर्यता राख्यौ भने हाम्रादुखअर्थात असफलताकादिनहरु बित्नेछन् र हामिलाई जिस्क्याउने, गिज्याउने अथवानकरात्मकलिने ब्यक्तिहरुले दंग पर्दै हामिबाट पाठ सिक्नेछन् । अध्ययनबाट नै पुष्टि भएको छ कि, जति ठुलो धैर्यता, त्यति ठुलो सफलता । बिभिन्नधार्मिक ग्रन्थहरुले पनि धर्य राख्नुपर्छ भन्ने सिकाईरहेका छन् । संसारका सफल ब्यक्तिहरुबाट पनि धर्यता राख्नुपर्छ भन्ने उदाहरण सिक्न सकिन्छ । सफलताप्राप्तगर्नुछ भने धर्यता राख्नु अतिआवश्यक्ता छ । धैर्यताशक्तिशाली योद्धा हो ।शक्तिशाली योद्धालाई साथ छोड्न नदिंऔं । धर्यताशक्तिशाली योद्धा हो ।

लेखक : बुद्धि मल्ल, ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायवप्रमुखकार्यकारी अधिकृत हुन् ।