बुटवल – रुपन्देहीको सैनामैना स्थित सामुदायिक रेडियो सैनामैना ९१ मेगाहर्जको अध्यक्ष पदमा तिलब केसी निर्वाचित भएका छन् ।शनिबार सम्पन्न रेडियोको दोश्रो सधारणसभा तथा अधिवेशनबाट उनि सर्वसहमतिमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा गोपाल पोखरेल निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा नविन घिमिरे र पोखरेलको उम्मेदवारी परेपछि मतदान भएको थियो ।
सचिब पदमा मदन थापा , कोषाध्यक्षमा ऋषिराम पाण्डेय , सह सचिबमा शुसिला पन्थ शर्मा सर्वसहमतिमा निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा यज्ञमणी घिमिरे , बिजय शर्मा , बुद्धिराम भण्डारी , धनकला बेल्बासे , निर्माला गौतम , सीता पोखरेल सर्वसहमतिमा निर्वाचित भए । लेखा समितिको संयोजकमा रुमाखर गौतम र सदस्यमा कल्पना ढकाल निर्वाचित भएका छन् । अधिवेशनको शनिबनार प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले उद्घाटन गरेका थिए ।









