चुत्र वहादुर महत –(एशिव)
स्याङ्जा \ कालीगण्डकी गाँउपालिका स्याङजाले आ.व २०७४÷०७५ मा विषयगत निकायले प्रदान गर्ने सेवा,सुविधा र प्रभावकारीता विषयक तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम कालीगण्डकी गाँउपालिका वडा न ७ को वडा कार्यालय मिर्मी परीसरमा सम्पन्न गरेको छ ।
सेवाग्राही वाट आएको प्रश्नको जवाफ दिदै गाँउपालिकाका अध्यक्ष खिम वहादुर थापाले आ.व २०७४÷०७५ मा विनियोजित वजेट तथा योजना सत प्रतिशत रुपमा पूर्ण भएको वताउनु भयो । शिक्षा,स्वास्थ्य,वाटो, खानेपानि ,कृषि, पशुपालन लगायतका विकासको लागी वजेटको व्यवस्था गरी सोही काममा खर्च भएको वताउनुभयो । अवको साढे ३ वर्षमा वडा वाट प्राथमिकतामा परी आएका योजनालाई क्रमवद्ध रुपमा कार्यान्वयन गर्दै जाने र गाउँपालिकालाई हराभरा वनाउने ध्यये रहेको वताउनुभयो । जनताको भावनालाई कदर गर्दै गाउँ सभावाट पारीत आव २०७५÷०७६ को निति तथा कार्यक्रमलाई पार्दशी वनाई कार्यान्वयनमा ल्याउन गाउँपालिकाको कार्यालयले र वाडले गरेका दैनीक क्रियाकलापलाई वेव साईटमा राख्ने कुरामा जोड दिदै चुनावको वेलामा जनता संग गरेको वाचा पुरा गर्ने र गाँउपालिका भष्टचार मुक्त्त शुशासन युक्त्त वनाउदै समृद्ध गाउँ वनाउने वताउनु भयो । यस आर्थीक वर्ष कृर्षी र पर्यटनको क्षेत्रमा गाउँपालिकाले प्राथमिकता दिएको भन्दै थापाले यही आर्थिक वर्ष २० हजार कागतीका विरुवा रोपी सकेको र ३० हजार थप कागती लगायत अन्य विरुवा गाँउपालिका भित्र रोपी हरियाली वनाई पूर्वाधार युक्त समृद्ध गाँउपालिका वनाउने वताउनु भयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा आएका प्रश्नको जवाफ दिदै गाँउपालिकाका उपध्यक्ष सावित्रा कोईरालाले आ.व २०७४÷ ०७५मा गाँउपालिकाले विभिन्न ऐन तथा कार्यविधि समेत पारीत गरेको वताइन । गाँउपालिकालाई आवश्यक कानुन निमार्ण गर्दै सो कानुनलाई कार्यान्वयनमा ल्याई कालीगण्डकी गाँउपालिका वासीको हितको लागी काम गर्ने वताउनु भयो । गाँउपालिकामा आएका सामान्य किसिमका घटनाहरु मिलेमतोमा टुङ्गिएको भन्दै अन्यायमा परेकालाई कालीगण्डकी गाँउकार्यपालिकाले न्याय दिने ठोकुवा गर्नुभयो । यस आववाट यूवा, महिला दिदी वहिनीहरुले आफ्नो खर्च आफै गर्न सक्ने वातावरण सिर्जना गर्ने योजना रहेको वताउनुभयो ।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद खनाललोले आ. व २०७४÷०७५ को तेस्रो चौमासीक गतिविधि, कार्ययोजना प्रक्रिया र कार्यान्वयनको वारेमा जानकारी गराउदै गाँउपालिकाले आव ०७४÷०७५ मा विभिन्न शिर्षकमा निकासा रकम तर्फ केन्द्रीय अनुदान २६ करोड १९ लाख ३ हजार मध्ये २२ करोड ८५ लाख १६ हजार, ६ सय ९९ खर्च भएको ,आन्तरीक आय १ करोड १० लाख २७ हजार ९ सय ५६ मध्ये ३८ लाख ५ सय ८४ खर्च भएको र अन्य आय ६ करोड १५ लाख १६ हजार मध्ये ५ लाख ७४ हजार ९१ हजार २ सय ४० खर्च भएको वताए । कालीगण्डकी गाउँपालिकाको कुल वजेट ३३ करोड ४४ लाख ४६ हजार९ सय ५६ रहेको मध्ये २८ करोड ९८ लाख ८ हजार ५ सय २३ खर्च भएको र ४ करोड ४६ लाख ३८ हजार ४ सय ३३ वाँकी रहेता पनि सर्शत अनुदानको रकम केन्द्रिय संचित कोषमा फिर्ता गरी वाकी रकम चालु आ.वको वजेटमा समावेश गरीएको वताउनुभयो ।
गाँउपालिकाले उदाहरणीय कार्यहरुमा सवै वाड कार्यालयहरुवाट अनलाईन पञ्जिकरणको कार्य शुरु,पानि समृद्धीको आधार हो भन्ने ध्ययेका साथ सवै जनतालाई खानेपानीको पंहुचमा पुर्याइएको, कुनै पनि जग्गा वाझो नराख्न हजारौ फलफुल साथै काठजन्य विरुवा रोपने यसलाई अभियानको रुपमा अगाडी वढाइएको ,गाँउपालिकालाई क्षेत्रकै शैक्षिक केन्द्रको रुपमा विकास गर्न विद्यालयको सर्वाङ्गिण क्षेत्रको विकासको रुपमा लागेको,आइसिटी वेस कार्यालय,औषधी अभाव मुक्त गाँउपालिका वनाउने अभियान आदी आशादीत कार्यहरु गाँउपालिकाले गरेको समेत खनालले वताए ।
सेवा ग्राहीको तर्फवाट क्रमश ःहरी प्रसाद भट्टराई, ढुण्डीराज न्यौपाने, हरी प्रसाद न्यौपाने, वालकृष्ण भट्टाराई, यादव प्रसाद पाण्डे, खड्कराज भट्टराई, नारायण प्रसाद भट्टराई,शालिकराम न्यौपाने, विजयनारायण भट्टराई, रामप्रसाद भट्टराई लगायतले गाँउपालिकाका सवल र दुर्लव पक्षमा वोलेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रतिनिधि कृष्णा लामीछाने,नेपाली कांग्रेस पार्टी प्रतिनिधि शालीकराम न्यौपाने,जनमुक्ती पार्टीका प्रतिनिधि वम वहादुर लामीछानेले आफुले चुनेर पठाएका जनप्रतिनिधिले सधै सरोकारवाला हरुलाई सहभागी वनाई विकास निर्माणको काम गर्न आग्रह गर्दै देशकै नमुना गाँउपालिका वनाउन आफुहरु सधै गाँपालिकालाई साथ दिने वताउनु भयो । कार्यक्रममा ७ वटै वाडका वडा अध्यक्षहरु, सदस्यहरु,विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु,यूवा कल्व आमा समुहका प्रतिनिधि, स्थानीय वासीहरु लगायतको सहभागीता रहेको थियो । गाँउपालिकाका विषयगत शाखाका प्रमुखहरुले आ आफ्ना शाखाले प्रदान गर्ने र कार्यान्वयन भएका कार्ययोजनाको वारेमा जानकारी गराएका थिए ।
कालीगण्डकी गाँउपालिकाको आयोजना र वागेश्वरी असल शासन क्लव(बास) स्याङ्जा शाखाको सहजिकरणमा सम्पन्न कार्यक्रमको सञ्चालन एवं सहजिकरण बास स्याङजा शाखाका अध्यक्ष एवम वास प्रदेश न ४ का समंयोजक चुत्र वहादुर महत –एशिव) ले गर्नुभएको थियो भने स्वागत कालीगण्डकी गाँउपालिका वडा न ७ का वडा अध्यक्ष मुक्त्ति प्रसाद भट्टराईले गर्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा गाँउपालिकाले ४ वुदे साझा सार्वजनिक प्रतिवद्धता घोषणा पत्र २०७५ समेत घोषणा जारी गरी सोको ४ सदस्ययी अनुगमन समिति गठन गरीएको छ जस्मा संयोजक गाँपालिकाका अध्यक्ष खिम वहादुर थापा सदस्यहरुमा उपाध्यक्ष सावित्रा कोईराला, प्रअ गणेश पसाद खनाल र वास स्याङजा शाखा अध्यक्ष चुत्र वहादुर महत रहनुभएको छ ।









