स्वर सम्राज्ञी अरुणा लामाको जन्म दिवस सिलगढी भारतमा भब्यताका साथ सम्पन

प्रकाशित मिति:

बरिस्ठ संगीतकार शान्ति ठटाल ज्युले भने जस्तै अरुणा लामा संगीतको शिक्षा लिनै नपर्ने गायिका हुन् उनले इश्वरबाटै त्यो  बरदान पाएकी  थिईन , स्वर सम्राज्ञी अरुणा लामाको ७३ वों जन्म दिवस संगीत सदन सालबाडी, सिलगढी भारतमा भब्यताका साथ सम्पन भयो

समाज सेवी दावा लामाको अधक्ष्यतामा संचालित कार्यक्रममा प्रमुख अथितिका रुपमा बरिस्ठ संगीतकार कर्मा योञ्जन हुनुहुन्थ्यो भने लेखक गणेश रसिक बिशिस्ट अथितिका रुपमा हुनुहुन्थ्यो साथै राम दियाली अतिथिका रुपमा उपस्थित हुनु हुन्थ्यो

स्वर सम्राज्ञी अरुणा लामा नेपाली भाषीहरुको मुटुभित्र बास गरेकी गायिका हुन् भन्ने कुरामा दुईमत नहोला / स्वर सम्राज्ञी अरुणा लामाको तस्बिरमा माल्यार्पण पछि संचालन गरिएको कार्यक्रममा १३ वटा विभिन्न गायक गायिकाले गाएर उहालाई स्रधा दिन उहालाई माया गरेर अरुकै आवाजमा भए तापनि उहाले गाईएका सुमधुर गीतहरु सुन्न सबै वर्गका मानिसहरुको बाक्लै उपस्थिति रहेको थियो

लेखक गणेश रसिकले भने  हामी विधालय हुदा देखि नै अरुणा लामाका गीतहरु सुन्दै आएका हौ / उहा हामी भन्दा धेरै माथिकि गायिका हुनु हुन्थ्यो तेसैले उहाको बारेमा हामी जस्तो सानो कलाकारले बोल्नु पनि उहा माथि अन्याय हुनेछ / शुभकामना संदेश तारा देवी स्मृति प्रतिस्ठान,काठमाडौँ बाट पनि उपलब्ध गरिएको थियो कार्यक्रम को पूर्ण सफलताको  /

धेरै गायक गायिका संगीत क्षेत्रमा संघर्स गरिरेहेको थिए साथै बाथ्यबधकहरु पोख्त नै थिए सबै गीतहरु लाईभ गायीएको थियो

सरु सिंह , डा.जी पी सापकोटा , देविका सापकोटा ,स्वम्रिम लोहार,रजनी सुन्दास, मधुकर मोथे ,अरुणा सार्की,बन्दना बिन्दु, विणा सिंह,रन्जिता सुनार, प्रकाश प्रधान,संगीता भण्डारी,कैलाश भण्डारी,रन्जिता सुनार साथै मणि कमल छेत्रिले पनि गाउनु भएको थियो