बुटवल /नेपाल बार एसोसिएसनको मानव अधिकार राष्ट्रिय गोष्ठी तथा ४६ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकको तयारी तीब्र पारिएको छ ।आगामी मंसिर २४ र २५ गते बुटवलमा हुने राष्ट्रिय गोष्ठी तथा कार्यकारिणी परिषदको बैठकको लागि सचिवालय स्थापना, मूल समिति उपसमिति गठन लगायतका काम तीब्र पारिएको हो । उच्च अदालत बार एसोसिएसनको आतिथ्यमा हुन लागेको राष्ट्रिय गोष्ठी र कार्यकारिणी परिषदको बैठकको लागि सोमबार खाद्य व्यवस्थापन, आवास व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचार प्रसार, अतिथि सत्कार, स्वागतद्वार निर्माण, सहभागी रजिष्ट्रेशन, ¥याली व्यवस्थापन, स्वास्थ्य, अनुगमन र सांस्कृतिक उपसमिति गरी ११ उपसमिति गठन गरिएको उच्च अदालत बार एसोसिएसन बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले जानकारी दिए । आवश्यक परे अन्य उपसमिति गठन गर्न सकिने उनले जानकारी दिए ।
सोमबार गठित खाद्य व्यवस्थापन समितिमा संयोजक राजेन्द्र भट्टराई र सहसंयोजक युवराज पाण्डे, आवास व्यवस्थापनमा संयोजक घनश्याम पन्त र सहसंयोजक खडानन्द भण्डारी, मञ्च व्यवस्थापनमा संयोजक पशुपति भण्डारी र सहसंयोजक रामजी ज्ञवाली, प्रचार प्रसार समितिमा संयोजक गोविन्द प्रसाद मरासिनी र सहसंयोजक नागेन्द्रप्रसाद बस्याल रहेका छन् । त्यसैगरी अतिथि स्वागत तथा सत्कार उपसमितिमा मीना पाण्डे पन्थ संयोजक र ज्ञानु केसी सहसंयोजक, स्वागत द्वार निर्माण उपसमितिमा माधव घिमिरे संयोजक र राजन नेपाल सहसंयोजक, सहभागी रजिष्ट्रेशनमा नागेन्द्र प्रसाद यादव र सहसंयोजकमा बाबुराम भुसाल, ¥याली व्यवस्थापनमा संयोजक यमलाल खनाल सहसंयोजकमा भविश्वर भट्टराई, स्वास्थ्य सेवामा संयोजक कैलाशचन्द्र ज्ञवाली र सहसंयोजक मदन पुन, सांस्कृतिक उपसमितिमा संयोजक महेन्द्र पाण्डे र सहसंयोजकमा कृष्णबहादुर कुँवर रहेका छन् । त्यसैगरी अनुगमन उपसमितिमा बार एकाईमा आबद्ध सम्पूर्ण वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरु कमल मलेगो, गोकर्णसिंह थापा, नन्दराम भण्डारी, बाबुराम पाण्डे रहेका छन् ।









