इमरान खान/नेपालगन्ज – बाँके जिल्लाको नेपालगञ्जमा नेपाल हज समितिका अध्यक्ष समशेर मिया वरिष्ठ सदस्य नजबुल्लाह अंसारी वरिष्ठ सदस्य मेराज अहमद हल्वाई हिमालय लगायत सदस्यहरुलाई विभिन्न संघ संस्थाहरूले भब्य स्वागत तथा सम्मान गरेका छन । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले समितिले हजयात्रीको सेवा सुविधामा खटी गई बिशेष ध्यान दिइएको बताएका छन । मंगलवार नेपालगन्जमा आयोजित नेपालगञ्ज हज ब्यबस्थापन समिति नेपालगञ्जको छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका मुस्लिम समुदायले हज समस्याबारे गुनासो गरेपछि नेपाल हज समिति का केन्द्रीय अध्यक्ष मियाँले समस्या समाधानमा समिति क्रियाशिल भएर लागेको बताएका छन ।
साउदीको मक्का मदिनामा हज गर्न जाँदा, त्यहाँ, बस्दा र फर्किदा समेत हजयात्रुहरुले दुःख नपाउँनका लागी सरकारसँग कुटनीतिक छलफल, परामर्श गर्ने गरिएको बताएका छन । अध्यक्ष मियाँले यो बर्ष समितिले हज यात्रुको कोटा थपना सफल भएको समेत बताएका छन । यो बर्ष १५ सय हज यात्रु मक्का मदिना गएको उहाँले तथ्याङ्क दिएका छन । यो अघिल्लो बर्षको भन्दा करिव तिन सयले बढी कोटा हो । कार्यक्रममा बोल्दै हाजी तथा पूर्व सांसद अब्दुल हमिद सिद्दिकी भोला ले हज यात्रुले यात्रा गर्दा थुप्रै समस्या झेल्नु परेको भन्दै समस्या समाधानमा ध्यान दिन हज समितिलाई सुझाव दिएका थिए । नेपाल हज समितिको बाट नेपालगंज हज व्यवस्थापन समितिले पत्रकार, मुस्लिम अगुवा लगायत लाई सम्मानित समेत गरेका थिए ।
सो कार्यक्रममा नेपालगञ्ज हज व्यवस्थापन समितिका अध्यक्ष जियाउल हक हल्वाई, उपाध्यक्ष हन्नान जसगढ, उपाध्यक्ष इस्हाक सिद्दीकी, सचिव सारीक अली, वरिष्ठ सदस्य मोबीन सिद्दकी, वरिष्ठ सदस्य साबीर अली शेख, उर्फ (कल्लू) गौहर अली उर्फ मंगल खान , अक्रम नवाब सिद्दीकी, आलम खान, सब्लु खान, सदस्य सकील शाह, चांद हल्वाई सेराज सल्मानी ,इमरान हल्वाई, बन्टी अंसारी, ताजुद्दीन हल्वाई तबर्रूक शेख, वरिष्ठ डाक्टर आशिम किदवाई फैजाने मदिना (दावते इस्लामी) नेपाल, नेपालगञ्ज फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समिति, तथा पत्रकार जवेद हल्वाई, पत्रकार जवेद अन्सारी, र मुस्लिम मिडिया डटनेट समेतलाई नेपाल हज समिति ले सम्मान गरेको हज समिति केन्द्रिय सदस्य मेराज अहमद (हिमालय) ले जानकारी दिए । सो कार्यक्रममा मुस्लिम नागरिक समाजका अगुवा सब्बीर अन्सारी सराफत हल्वाई कदीर अन्सारी तथा पुर्व सांसद अब्दुल हमीद सिद्दकी तथा सांसद सरबत आरा खानम हलवाई को तरÞफ बाट संयुक्त रूपमा नेपाल हज समितिका अध्यक्षलाई फूलमाला लगाई सम्मान गरिएको छ।












