बुटवल – सिंह कम्प्लेक्सले आयोजना गरेको विशेष योजनाको दशैतिहार कार्नेवल अन्तरगत बम्पर उपहार बुटवलका अनिल जिसिलाई परेको छ । कुपन न ७४९९ नम्बरका अनिल जिसिलाई बम्परमा यामाहा एफजेड एस बाईक उपहार परेको हो । यसैगरि कुपन नं १३ का जितगढीकी शर्मिला भण्डारीलाई ३२ ईन्चको टिभी परेको छ ।
बम्परकै रु १५ हजार बराबरको टाटु बुटवलका सफल पुनलाई परेको छ । यसैगरि बुटवल ६ का सम्भव बस्नेतलाई एक थान टेबिल फ्यान तथा कपिलबस्तुकी सुनिता मगर र सालझण्डीकि सम्पदा घिमिरेलाई एकएक थान भ्याकुम क्लिनर उपहार परेको छ । यामाहा प्रजेन्स सिह कम्पलेक्स दशैतिहार कार्नेवल असोज ७ गतेबाट शुरु भएको हो । सिह कम्प्लेक्सका पसलमा न्युनतम एक हजारको सामान खरिदमा उपहारमा सहभागि हुन सक्ने ब्यवस्था रहेको थियो । लक्की ड्र अन्तरगत दैनिक १५ हजार बराबरको गिफ्ट हेम्पर, साप्ताहिक रुपमा रेफ्रिरेटर, आईरन, हिटर, एलईडी टिभी गरि ३० जनाले उपहार पाएका छन ।
अफरलाई ग्लोबल आईएमई, एभरेष्ट बैक र साईन रेसुङा बैकले सहयोग गरेको छ । सुरपद्ममा हाउसिङ प्रालिद्वारा संचालित सिंह कम्लेक्सका म्यानेजर मनिस पौडेलले बताए । कम्प्लेक्समा रहेका ८६ वटा पसलबाट ११ हजार उपभोक्ताहरुले सपिङको मज्जा लिएको उनले बताए । एक कार्यक्रमका बिच सिह कम्प्लेक्सका महेशमान सिह, बुटवल उद्योग वाणिज्य संघका अनुपमान सैजु, कान्तिपुर पब्लिकेशनका प्रदेश प्रमुख दिपेन्द्र बडुवाल, नेपाल पत्रकार महासंघ प्रदेश ५ का सदस्य बिक्रम खड्का , पत्रकार महासंघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ, ग्लोबल बैकका जोगलाल भुषालले पुरस्कार वितरण गरेका थिए ।












