पोखरा/कास्की क्षेत्र नं। २ को उपचुनावका क्रममा पोखरा महानगरपालिका(३३ बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएको छ ।२४१ औं मतदाताले मत हाल्न खोजदा हस्ताक्षर नभएको मत भेटिएको भन्दै बिरोध र होहल्ला भएको थियो ।अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भइ केही समय मतदानसमेत रोकिएको थियो । तर, सर्वदलीय बैठकले विवाद समाधान गरेपछि पुनः मतदान भइरहेको छ ।
मतदान प्रतिनिधि र दलीय प्रतिनिधिबीच प्रमाण दाँजेर हेर्दा उक्त मतपत्र सदर गर्ने सहमतिपछि मतदान प्रकियाले निरन्तरता पाएको हो ।सर्वदलीय बैठक बसेर सहमति गरेपछि मतदान प्रकृया अघि बढाइएको निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।









