सिरहामा प्रहरी हिरासत बाट ७ थुनुवा फरार

प्रकाशित मिति:

महेश सिंह/सिरहा– सिरहाको एक प्रहरी कार्यालयबाट सात जना थुनुवा फरार भएका छन् । शनिबार राति ७ः३० बजेतिर उनीहरु प्रहरी कार्यालयको थुनुवा बाट उमकिएका हुन् ।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा थुनिएका आठ जनामध्ये सात जना फरार भएका हुन् । लक्ष्मीपुर गाउँपालिका ५ स्थित रहेको इलाका प्रहरी कार्यालयबाट उनीहरुले प्रहरीको आँखा छलेर भागन सफल भएका छन् ।  जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराले आधिकारिक जानकारी नआएको हामी अनुसधान गरदैछौँ बताए ।