बुटवल/ बुटवलको नयाँगाउँमा मोटरसाइकल दुर्घटना हुंदा दुईजनाको मृत्यु भएको छ । राजमार्गमा रोकिराखेको टिप्परमा ना. ४३ प. ३३४६ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार सैनामैना ६ का २९ वर्षिय नविन कंडेल र सोही ठाउँ बस्ने बर्ष ३१ का दीपक पन्थको मृत्यु भएको हो ।
रातिको समयमा तीब्र गतिमा गुडेको मोटरसाइकल टिप्परमा ठोक्किंदा घटनास्थलमै दुईजनाको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भटटराईले जानकारी दिए ।









