समृद्ध नेपालको लागि बुटवलमा प्रदेश सरकारको भूमिका खोजिंदै

प्रकाशित मिति:

४ असोज, बुटवल । सबैतिर समृद्ध नेपालको चर्चा चलिरहेका बेला बुटवलमा समृद्ध नेपाल बनाउन प्रदेशको भूमिकाको बिषयमा अन्तरक्रिया हुने भएको छ । बिगत १० वर्ष देखि सुचना र समाचार क्षेत्रमा काम गर्दै आएको एबिसी न्युज टेलिभिजनले आफ्नो वार्षिक उत्सवको सन्दर्भमा बुटवलमा यस्तो बहस गर्न थालेको हो । प्रदेश सरकारको भुमिकाका बिषयमा प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीहरुले समेत गुनासो गर्न थालेको अवस्थामा बहसले नयां निकास निकाल्न सक्ने एबिसी न्युजको ५ नम्बर ब्यूरो कार्यालय बुटवलले जनाएको छ ।

एबिसी मिडीया ग्रुपका प्रदेश ब्यूरो प्रमुख शरण कर्माचार्यले प्रदेश सरकारको अधिकारका बिषयमा राजनितीक बृत्तमा छलफल चलाउंदा मुलुकमा ब्याप्त अन्यौलताको अन्त्य गर्न सहज हुने बताए ।

एबिसी ब्यूरो रिपोर्टर दिनेश श्रेष्ठका अनुसार अन्तरक्रियामा प्राध्यापक बसन्तराज खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् भने प्राध्यापक बुद्धबहादुर थापाले कार्यपत्रमाथि टिप्पणी गर्नेछन् । कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेल र कांग्रेसका सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खांडले सम्बोधन् गर्नेछन् । अन्तरक्रियासंगै चर्चित जन गायक जिवन शर्माको संगितमय प्रस्तुतिका साथै स्थानीय बिष्णु जी पाण्डे (माईला बा), लक्ष्मण खड्का र शिलु भट्टराईको समेत कार्यक्रममा सांगितीक उपस्थिती रहने एबिसीले जनाएको छ । कार्यक्रम यहि असोज ६ गते दिउसो १ बजेदेखि कालिकानगरमा रहेको होटल एशियनमा हुने भएको छ ।

२ वर्ष पहिले बुटवलमा गरेको बार्षिक उत्सवको सन्दर्भमा एबिसीले बुटवलमा प्रदेशको राजधानी र समृद्धिका लागि एमाले माओबादी एकिकरणको बिकल्प नरहेको बहसको सुरुवात गरेको थियो । २ वर्ष पहिले थालेको दुबै बहसले सार्थकता पाएको ब्यूरो प्रमुख कर्माचार्यले दाबी गरे ।

कार्यक्रममा प्रदेशमा रहेर राष्ट्रको बिबिध बिषयमा योगदान पु¥याएका बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिने एबिसीले जानकारी दिएको छ ।