अख्तियार प्रमुखमा नविनकुमार घिमिरेको नाम अनुमोदन

प्रकाशित मिति:

काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नामलाई संसदयी सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ।

बिहीबार सिंहदरवारमा बसेको समितिको बैठकले उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। संवैधानिक परिषद्ले गत भदौ २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्त बनाउन सिफारिस गरेको थियो। परिषद्को सिफारिस आएपछि समितिले उनीविरुद्ध असोज १ गतेभित्र उजुरी गर्न सार्वजनिक सूचना जारी गरे पनि कुनै उजुरी परेको थिएन। घिमिरे कार्यवाहक प्रमुख आयुक्तका रुपमा रहँदै आएका थिए।

गृहसचिवबाट अवकाश प्राप्त घिमिरे २०७१ चैत्र १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त भएक थिए। गतवर्ष फागुन २ गते प्रमूख आयुक्तको पदबाट दीप बस्नेतले अवकाश पाएपछि घिमिरेले कार्यवाहक प्रमूख आयुक्तको जिम्मेवारी संहाल्दै आएका थिए। २०३४ सालमा लोकसेवा आयोगको अधिकृतबाट निजामतिसेवामा प्रवेश गरेका घिमिरे ५ वर्षपहिले गृहमन्त्रालयको सचिवबाट अवकाश पाएका थिए। सार्वजनिक प्रसाशनमा स्नतोत्तर घिमिरेको सार्वजनिक प्रशासन, विकास प्रशासन, तथा सुरक्षा व्यवस्थापनमा विशेष दख्खल छ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिए पछि उनले कार्यभार सम्हाल्ने छन्।