काठमाडौं/ सशस्त्र प्रहरीमामा सशस्त्र प्रहरी निरीक्षक ९इन्सपेक्टर० र सशस्त्र प्रहरी सहायक निरीक्षक असई पदमा जागिर खुलेको छ ।ती पदहरूमा ठूलो संख्यामा दरखास्त माग गर्दै सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले विज्ञापन जारी गरेको छ । प्रधान कार्यालय अन्तरगतको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो ।
जारी विज्ञापन अनुसार इन्सपेक्टर पदमा ५८ जना र असई २३९ जना माग गरेको हो । इच्छुक नेपाली नागरिकले पुष १७ गतेसम्म रीतपूर्वक दरखास्त दिन सक्नेछन् । सम्पर्क मिति माघ १० गते तोकिएको छ ।थप जानकारी तलको सूचनामा हेर्नुहोस्, तस्वीर डाउनलोड गरी जुम गरेर हेर्न सकिनेछ










