इनरुवा/पूर्व पश्चिम राजमार्ग अन्तर्गत झुम्का इनरुवा सडक खण्डमा भएको दुर्घटनामा गर्भवती महिला सहित ६ जना घाइते भएका छन् ।इटहरीबाट इनरुवा तर्फ आउँदै गरेको को १ ज ३४८३ नम्बरको म्याजिकभ्यान त्रिभुवन खण्डमा दुर्घटनामा पर्दा इनरुवा ६की माया अधिकारी सहित ६ जना घाइते भएका छन् । मायाको कोखमा ९ महिनाको गर्भ रहेको बताइएको छ ।घाइते हुनेमा इटहरीका अर्जुन भट्टराई, सरस्वती ढुङगाना र भारत सुपौलका सहदेव शर्मा, मनोज शर्मा र कौशिला देवि शर्मा रहेका छन् ।
घाइतेहरुलाई इनरुवा अस्पतालमा प्राथमिक उपचार पश्चात बिराटनगर रेफर गरिएको छ । तिव्र गतिमा रहेको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ ।तिव्र गतिमा रहेको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ ।









