कम्प्युटर ह्याकिङ : करौडौँ डलर चोर्ने रुसी नागरिकमाथि अमेरिकामा मुद्दा

प्रकाशित मिति:

अमेरिकी अधिकारीहरूले ईभल कोर्प नामक विश्वव्यापी साइबर अपराध सञ्जाल चलाएको आरोपमा दुई रुसी नागरिकविरुद्ध मुद्दा दर्ता गरेका छन्। फरार रहेका माक्सिम याकुबेट्स र इगोर टुरासेभमाथि कम्प्युटर भाइरस प्रयोग गरेर संसारका ४० देशबाट अर्बौँ रुपैयाँ चोरेको आरोप लगाइएको छ। उनीहरूले पैसा चोरेका संस्थाहरूमा विद्यालय र धार्मिक प्रतिष्ठानहरू पनि छन्। अमेरिकी अधिकारीहरूले याकुबेट्स रुसी जासुसी संस्थाका लागि काम गर्ने आरोप लगाएका छन्। पत्रकार सम्मेलनमा अमेरिकी सहायक महान्यायाधिवक्ता ब्रायन बेन्च्कोस्कीले उनीहरूको अपराध गएको दशककै सबैभन्दा नराम्रो कम्प्युटर ह्याकिङ घटना भएको बताए।याकुबेट्सले मस्कोमा भएको सञ्जालको नेतृत्व गरेको र टरासेभले सो सञ्जाल सञ्चालन गरेको आरोप लगाइएको छ। ती दुवै जना रुसमा रहेको बताइएको छ।सबैभन्दा

सफल साइबर अपराधी  अमेरिकाको एफबीआई, ब्रिटेनको न्याश्नल क्राइम एजेन्सी एनसीए र साइबर सेक्युरिटीले वर्षौँ लगाएर गरेको अनुसन्धानपछि बिहीवारको मुद्दा दर्ता भएको हो। अमेरिकी अधिकारीहरूले ईभल कोर्पले ड्रिडेक्स नामक मालवेअर प्रयोग गरेर कम्तीमा ११ अर्ब रुपैयाँ चोरेको बताएका छन्।सबैभन्दा ुसफल साइबर अपराधीु अमेरिकाको एफबीआई, ब्रिटेनको न्याश्नल क्राइम एजेन्सी एनसीए र साइबर सेक्युरिटीले वर्षौँ लगाएर गरेको अनुसन्धानपछि बिहीवारको मुद्दा दर्ता भएको हो। अमेरिकी अधिकारीहरूले ईभल कोर्पले ड्रिडेक्स नामक मालवेअर प्रयोग गरेर कम्तीमा ११ अर्ब रुपैयाँ चोरेको बताएका छन्।सबैभन्दा ुसफल साइबर अपराधीुअमेरिकाको एफबीआई, ब्रिटेनको न्याश्नल क्राइम एजेन्सी एनसीए र साइबर सेक्युरिटीले वर्षौँ लगाएर गरेको अनुसन्धानपछि बिहीवारको मुद्दा दर्ता भएको हो।अमेरिकी अधिकारीहरूले ईभल कोर्पले ड्रिडेक्स नामक मालवेअर प्रयोग गरेर कम्तीमा ११ अर्ब रुपैयाँ चोरेको बताएका छन्।