दानको प्रतिफल मरेपछि हैन जिउंदै देखौं :मन्त्री बराल

प्रकाशित मिति:

बुटवल /प्रदेश नं ५का सामाजिक विकास मन्त्रि सुदर्शन बरालले सामाजिक उत्तरदायित्व सम्झेर सेवा गर्नु नागरिकको दायित्व भएको बताएका छन् । खेम ओमी पुन कल्याणकारी प्रतिष्ठानको ५ औं वार्षिकउत्सव कार्यक्रममा उनले मानविय सहयोग महायज्ञमा दान दिए भन्दा पनि पुण्य हुने बताए । उनले दान गरेपछि जस्तोसुकै पाप गरेपनि मोक्ष पाइन्छ, मृत्युपछि स्वर्गमा गइन्छ, पितृले पाउंछन् भन्ने जस्ता मान्यता नेपाली समाजमा व्याप्त रहेको उदाहरण दिंदै दानको प्रतिफल देख्न आफू भन्दा कमजोर व्यक्तिलाई दान र सहयोग गर्नुपर्ने बताए । ‘पण्डितलाई दान गरेपछि जस्तोसुकै पापबाट मोक्ष पाइने, स्वर्गमा गइने र पितृले पाउने जस्ता अवैज्ञानिक कुराहरु समाजमा हुने गरेका छन्’–मन्त्री बरालले भने–‘मरेपछि के हुन्छ मैले देखेको छैन तर खेम ओमी पुन प्रतिष्ठानले गरेको दान (सहयोग) को प्रतिफल जिउंदै देख्न सकिन्छ ।

’ समाजमा अनेक नाममा फजूल खर्च, तडकभडक गर्ने गलत परिपाटी मौलाउंदै गएकोमा असहमति जनाउंदै मन्त्री बरालले त्यस्ता अनुत्पादक र अनावश्यक काममा खर्च गर्नु भन्दा आफू भन्दा कमजोर वर्गलाई सहयोग गर्नु नै सांचो अर्थमा धर्म र परोपकार हुने सुझाव दिए । गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि प्रदेश सरकारले साढे चार करोड रुपैयां छात्रवृत्तिको व्यवस्था गरेकाले त्यसको लाभ लिन पनि उनले सुझाए । २०७१ सालमा स्थापना भएको प्रतिष्ठानले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको रुपमा मासिक आर्थिक सहयोग गरेर उनिहरुको अध्यययनमा योगदान पुराउदै आएको छ । सरकारी छात्रवृत्तिमा चिकित्सा क्षेत्र अध्ययन गरिरहेका ४ जना जना विद्यार्थीहरु प्रतिष्ठानको सहयोगमा अध्ययन पुरा गरिसकेका छन् । त्यसै गरी प्रतिष्ठानले १२ जना विद्यार्थीहरुलाई अहिले नियमित रुपमा सहयोग गर्दै आएको छ । कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका सह प्राध्यापक ऋषिराम भूसाल, कालिका मानवज्ञान माविका अध्यक्ष होमवहादुर गलामी, शिक्षा पत्रकार समूहका केन्द्रिय सदस्य कृष्ण मल्ल, प्रतिष्ठानका उपाध्यक्ष डा. नारायणप्रसाद पन्थ, प्रेमप्रसाद तिवारी, प्रतिष्ठानका सचिव युवराज घिमिरे, सहसचिव लालहरि पाण्डे,सिर्जना पछाई,अभिभावक नाथुराम चौधरी,शुशिला श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक खेमराज पुनले एउटा नागरिकको सामाजिक उत्तरदायित्व सम्झेर प्रतिष्ठान मार्फत गरीब तथा विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई निस्वार्थ भावनाले सहयोग गरेको बताए । प्रतिष्ठानको अध्यक्ष ओमीकला पुनले गरिव तथा जेहेन्दार विद्यार्थीको खुसी नै आफ्नो स्वार्थ भएको बताइन् । सो अवसरमा प्रतिष्ठानले प्रकाशन गरेको ‘सत्प्रयास’ स्मारिकाको विमोचन गरिएको थियो । त्यसै गरी खेमओमी पुन कल्याणकारी प्रतिष्ठानले चार जना चिकित्सक र उनिहरुका अभिभावकहरुलाई सम्मान गरेको छ । उनीहरुलाई सामाजिक विकास मन्त्रि सुदर्शन वरालले सम्मान पत्रले सम्मान गरेका थिए । शनिवार बुटवलमा भएको प्रतिष्ठानको वार्षिकउत्सवको अवसरमा गुल्मी सत्यवति गाउपालिका –३ ठूलो लुम्पेकका डा नगेन्द्र श्रीस मगरलाई पनि सम्मान गरिएको थियो । प्रतिष्ठानको सहयोगमा श्रीसले युनिभर्सल मेडिकल कलेज भैरहवाबाट विडिएस अध्ययन पुरा गरेका छन् । त्यसैगरी जिल्ला गोर्खा चुवाकोट गापा स्थायी ठेगाना भई वुटवलकी डा. जमुना श्रेष्ठलाई पनि सम्मान गरिएको छ । उनले मणिपाल मेडिकल कलेज पोखराबाट एमविविएस उर्तिण गरेकी हुन् । बुटवल उपमहानगरपालिका १९ मोतिपुरका डा. विपिन चौधरीलाईन पनि सम्मान गरिएको छ । उनले पाटन स्वास्थ्य प्रतिष्ठान पाटनबाट एमविविएस अध्ययन पुरा गरेका छन । त्यसगैरी गुल्मी नेटा २ का डा. काशिराम विकलाई प्रतिष्ठानले सम्मान गरेको छ । भारतीय सेनामा मृत्यु भएका बाबुको नाममा प्रतिष्ठान खोलेर समाज सेवा शुरु गरेका खेमराजले यस्तो कामलाई संस्थागत गर्न र दीर्घकालसम्म लैजान आफ्नो ५१ औं जन्मदिनका अवसरमा २०७० मंसिर १७ मा खेम–ओमी पुन कल्याणकारी प्रतिष्ठान स्थापना गरे । शुरुमा १७ लाख रुपैयां प्रतिष्ठानमा राखे । तीन वर्षसम्म ८ लाख रुपैयांका दरले, अर्को वर्ष ८ लाख र गत वर्ष १२ लाख रुपैयां जम्मा गरे । अहिले प्रतिष्ठानको कोषमा ७५ लाख रुपैयां पुगेको छ । यसैको ब्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रतिष्ठानले निवेदनका आधारमा अध्ययन अवधिभर खान र बस्न लाग्ने खर्च ंिददै आएको छ । खेमराजले तीन दशकदेखि ट्राफिकचोकमा खेम इन्टरप्राइजेज चलाएका छन् । पुन दम्पतीले आफ्नो आम्दानीको २५ प्रतिशत छुट्याएर चारवटा सामाजिक कोष बनाएका छन् । त्यसमा परिवारका चार पुस्ता छुट्टाछुट्टै समेटिएका छन् । उनीहरूले कोष बढाउँदै, त्यसैको ब्याजले जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएका छन् ।अहिलेसम्म प्रतिष्ठानले एकदर्जन विद्यार्र्थीलाई डाक्टर,इन्जिनियर र विद्यालय,क्याम्पस तह पढ्न २५ लाख रुपैयां भन्दा बढी सहयोग गरेको छ ।