कोहलपुर प्रकरणमा बल प्रयोग भएपछि काँग्रेस प्रवक्ता शर्माको प्रश्न ‘कलम चलाउनेमाथि किन लाठी चलाएको सरकार ?’
काठमाडौं – बाँकेको कोहलपुरमा एक विद्यार्थीलाई मालबाहक ट्रकले ठक्कर दिएपछि उत्पन्न तनावमा प्रहरीले गो-ली चलाएको छ। प्रहरीले प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि गो-ली चलाउँदा २ जना विद्यार्थी घाइते भएका छन्। विद्यार्थीमाथि प्रहरीले गो-ली चलाएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कलम चलाउने विद्यार्थीमाथि किन लाठी वर्षाएको?’ प्रधानमन्त्री र हेलो सरकारलाई ट्वीटरमा मेन्सन गर्दै प्रवक्ता शर्माले लेखेका छन्, ‘कलम समाउने कलिला हातहरुमाथि किन लाठीको बर्षा? स्कुले बालिकालाई ट्रकले कुल्चदा कोहलपुरमा विद्यार्थी आक्रोशित हुनु स्वभाविक थियो। संयम् गुमाएर प्रहरीले बिद्यालय भित्रै प्रवेश गरेर शिक्षक र विद्यार्थीमाथि अन्धाधुन्ध प्रहार गरेको घटनाले स्थिति उत्तेजक बन्न पुग्यो।’
उनले अगाडि थपेका छन्, ‘अन्तत कैयौं युवा,विद्यार्थी र प्रहरी समेत घाइते हुनु र स्थिति कर्फ्युसम्म पुग्नु दुःखद। अनावश्यक बल प्रयोग गर्ने स्थानीय प्रहरीको दोषी नेतृत्वमाथि कार्वाही प्रक्रिया थाल्न, घाइतेको सम्पुर्ण उपचार गर्न र सहज स्थिति निर्माणमा कार्य गर्न प्रधानमन्त्री समक्ष आवश्यक पहलको अपिल।’
प्रदर्शनकारीसँगको झडपमा इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित केही प्रहरीहरू पनि घाइते भएका छन् । तीब्र गतिमा रहेको ट्रकले प्रकृतिलाई ठक्कर दिइ घाइते बनाएको अवस्थामा ब्याक गरेर पुनः किचेको स्थानीयले जनाएका छन् । विद्यार्थिलाई लाठ्ठी चार्ज गरेको तस्विर देखेपछि सामाजिक सञ्जालमा एक प्रयोगकर्ता लेख्छन् : उता भारत ले लिपुलेख कालापानी कब्जा गरिसक्यो हाम्रो देश को पुलिस प्रसासन चाहिँ विद्यार्थी माथी दादागिरी देखाउदै छ ” एकजना साथि लाई आँखा अगाडि गाडिले किचेर मा-र्यो । अनि उसका साथिहरु चुपलागेर बस्छ्न त ? पुलिसले गरेको दमनको जति निन्दा गर्दा पनि कम हुँन्छ ।











