काठमाडौँ – जारी १३ औ दक्षिण एसियाली (साग) अन्तर्गत आइतबार पुरुष फुटबल प्रतियोगितामा वंगलादेससँगको प्रतियोगितामा नेपालले सुरुमै एक गोल गरेको छ । खेलको ११ मिनेटमा नौ नम्बर खेलाडी सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
आइतबार साँझ ५ बजे दशरथ रंगशालामा सुरु भएको खेलमा खेलको ११ मिनेटमा बलले गोल गरेका हुन् । शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई २१ गोलले हराउँदै नेपालले फाइनल प्रवेशका लागि बंगलादेशसँग खेल्न पुगेको हो ।










