इमरान खान/कपिलवस्तु – कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाँउ नजिकै आज बिहान कार दुर्घटना भएको हो । पश्चिमबाट बुटवाल तर्फ जादै गरेको बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुदाँ ५ जना घाईते भएका छन भने एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि ग्लोबल आइ एम इ बैंक बनगाई शाखाका प्रबन्धक सुरेश पाण्डेको निधन भएको छ । घाइतेहरु मध्ये दुई जनाको बुटवलमा उपचार भैरहेको छ भने अरुको चार नम्बर स्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत बिवरण आउन बाँकी ।












