साइप्रसमा नेपाली विद्यार्थीको मृत्यु

प्रकाशित मिति:

निकोसिया – साइप्रसमा एक नेपाली विद्यार्थीको ज्यान गएको छ । अध्ययनका लागि ६ महिनाअघि साइप्रस गएका धकराज कार्कीको आइतबार मृत्यु भएको हो ।

उनी पाफोसमा बस्दै आएका थिए । मृतक धनराजको निधनबारे प्रहरीको रिपोर्टमा पुष्टि भैसकेको र घटनाको थप जानकारी तथा विवरणसहित मेडिकल रिपोर्ट पनि आउँन बाँकी रहेकाे एनआरएनए साइप्रसले जनाएको छ ।