प्रियंकाको गुनासोः अमेरिकामा नाम भन्दै हिँड्नु पर्यो

प्रकाशित मिति:

एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडालाई भारतमा त नचिन्ने कोही पनि छैनन् होला । अन्तर्राष्ट्रिय स्तरमा समेत काम गरिसकेकी प्रियंका विश्वस्तरमा नै ठूलो नाम हो । तर, तिनै प्रियंकालाई अमेरिकामा भने सहज रहेनछ ।

उनैले एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘पहिलो पटक कामको सिलसिलामा अमेरिका जाँदा मानिसहरु भेट्दा मैले मेरो परिचय दिनु पथ्र्यो । उनीहरुलाई चिनाउनका लागि मसँग कुनै काम थिएन ।’ त्यति बेला प्रियंका बलिउडमा चाहिँ चलेको नाम भइसकेको थियो ।