राष्ट्रपतिज्यूद्वारा वाङ्मय शताब्दी पुरुष जोशीलाई चार लाख राशिको पृथ्वी प्रज्ञा पुरस्कार अर्पण

प्रकाशित मिति:

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीज्यूद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित हुनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ४ वर्षमा अर्पण गरिने राज्यकै सर्वाधिक गरिमामय पुरस्कार पृथ्वी प्रज्ञा पुरस्कारद्वारा वाङ्मय शताब्दी पुरुष जोशी सम्मानित हुनुभएको हो । पुरस्कारको राशि रु. ४ लाख नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीज्यूले जोशीलाई सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशि र गरिमाको पृथ्वी प्रज्ञा–पुरस्कार अर्पण गर्नुभएको हो । समारोहमा नेपाल प्रज्ञा सामाजिक शास्त्र÷संस्कृति÷दर्शन पुरस्कार प्रा. डा. त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा अर्पण गरिने सो पुरस्कारको राशि रु. एक लाखसहित दोसल्ला र सम्मानपत्र रहेको छ । नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा डा. टङ्कप्रसाद न्यौपानेलाई अर्पण गरियो । प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारको राशि रु। एक लाख, दोसल्ला र सम्मानपत्र रहेको छ ।

नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७५) मदन रेग्मी, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार ९२०७६० भागीरथी श्रेष्ठ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अयोध्यानाथ चौधरी, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमृत योञ्जन तामाङ तथा नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अशोक थारुलाई अर्पण गरियो । उक्त पाँचवटै पुरस्कारको राशि रु एक लाख नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । सोही समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव– २०७६ का विजयी कविहरूलाई पुरस्कृत गर्नुभयो