तिर्थराज ज्ञवाली/दाङ – मानव अधिकारको क्षेत्रमा कार्य गर्दै आएको मधेश मानव अधिकार मञ्च माहुरी होमको साझेदारीमा सञ्चालीत सहज परियोजना सल्लाहकार समितिको बैठक गाउँपालिकामा सम्पन्न भएको छ । राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा बसेको सल्लाहकार समितिको बैठकले गत चौमासीक कार्य प्रगतिको समिक्षा गर्दै आगामी दिनमा थप कार्यक्रम तथा अभियानलाई तिबैता दिदै जाने निर्णय गरिएको छ ।
गाउँकार्यपालिका सदस्य, न्यायीक समिति पदाधिकारी, निगरानि समुहका पदाथिकारी, प्रहरी, पत्रकार रहेको सहज परियोजना सल्लाहकार समितिको बैठकले पछिल्लो समयमा लैङ्गिक हिंसाको अवस्थाको बारेमा वडा गत रुपमा छलफल गरेको छ साथै १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको समिक्षा समेत गरेको छ । मधेश मानव अधिकार मञ्च माहुरी होमको साझेदारीमा सञ्चालीत सहज परियोजनाले राप्ती को दुई वटा वडामा सञ्चालन गरेको कार्यक्रम तथा गतिविधिको बारेमा विश्लेषण गरिएको छ ।
बैठकले संस्थाले उपलब्ध गराएको सामाग्रीहरु लाई सहि सदुपयोग गर्दै न्याय सम्पादनका लागि तथा पीडितको सहयोगका लागि प्रयोग गर्ने निर्णय समेत गरेको छ । सहज परियोजना सल्लाहकार समितिको बैठकबाट वडा गत रुपमा १ र ४ नं वडाका निगरानि समुहलाई सञ्चारका लागि मोवाईल, न्यायीक समितिका लागि कम्युटर, ल्यापटप, प्रिन्टर लगायतका आवस्यक समाग्री उपलब्ध गराउने निर्णय गरेको छ । साथै लैङ्गिक हिंसामा परेकालाई तत्काल राहत तथा सहयोगका लागि न्युनतम सामाग्रीका लागि सरोकारवालाहरु बाट सहयोग माग गर्ने समेत निर्णय गरिएको संस्थाकी पुष्पा बन्जाडेले जानकारी दिनु भएको छ ।










