रुपन्देही- रुपन्देही जिल्लाको गैडहवा गाउपालिकाले आज गाउपालिका भित्र रहेका बिभिन्न शारिरीक रुपमा अशक्त भएका अपाङगता ब्यक्तिहरुलाई अपाङता परिचय पत्र बितरण गरेको छ । बिभिन्न खाले अपाङगता भएका करिब ६० जनालाई गाउपालिकामा शिबिरको आयोजना गरी परिचय पत्र बितरण गरिएको हो ।गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले शारिरिक रुपमा अपाङगता भएका ब्यक्तिहरु आफ्नो स्वास्थ्य परिक्षण गर्न जान नसक्ने भएकाले गाउपालिकामै चिकित्सक लिएर स्वास्थ्य परिक्षण गराई अपाङगता पहिचान गरि अपाङता परिचयपत्र बितरण गरिएको र परिचय बितरण गर्दा आफ्नो गाउपालिकामा रहेका अपाङग ब्यक्तिहरुहरुको यकिन पहिचान हुने बताउनु भएको छ ।
उहाँले अपाङगता पहिचान कार्यबिधि निर्माण गरिएको बताउनु भएको छ । यसैगरी गैडहवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीबि घिमिरेले बर्गिकृत गरिएका अपाङग ब्यक्तिहरुलाई राज्यले उपलब्ध गराएको सेवा सुबिधा गाउपालिकाबाट उपलब्ध गराउने बताउनु भएको छ । यसैगरी गैडहवा ९ का सौरभ बि.क.र चेन्जुनाथ कोहारले अपाङग परिचय पत्रले सार्वजनिक यातायातमा सवारी गर्दा सहुयितमा प्राथमिकता पाइने बताएका छन वडा नं. ५ का वडा अध्यक्ष श्री कृष्ण शंकर प्रसाद गुप्ता गुप्ताले स्थानिय सरकार निर्माण भए संगै पहिलो पटक गाउपालिकाबाट अपाङग परिचय पत्र बितरण गर्न लागिएको बताउनु भएको छ ।













