बुटवल बहुमुखि क्याम्पसको सप्ताहव्यापी कार्यक्रम सुरु

प्रकाशित मिति:

बसन्त आचार्य/बुटवल – वुटबल बहुमुखि क्याम्पसको ४७ औ स्थापना दिबसको अबसरमा आयोजित सप्ताह व्यापी कार्यक्रम बुधबारबाट सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन आज बुधबार सरसफाई कार्यक्रम भएको छ । सरसफाई कार्यक्रममा क्याम्पस प्रमुख डा.शखिशरण सुबेदी, सहायक क्याम्पस प्रमुख , प्रध्यापक , कर्मचारी र विद्यार्र्थीहरुको सहभागिता रहेको थियो । क्याम्पसको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बिहिबार छात्र भलिबल प्रतियोगिता रहेको छ ।

त्यसैगरी २७ गते रक्तदान र अपाङ्गमैत्री वक्तृत्वकला, २९ गते म्याराथुन र कबिता, ३० गते छात्रा भलिबल र हाजिरी जवाफ, पुस १ गते वक्तृत्वकला, निबन्ध लेखन, २ गते कुर्ची दोड छात्रा र शिक्षक, कर्मचारी र विद्यार्थीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता रहेको विद्यार्थी कल्याण प्रमुख बाबुराम शर्माले बताए ।  कार्यक्रमको अन्तिम दिन पुष ४ गते समापन तथा पुरस्कार वितरण रहेको क्याम्पस प्रमुख डा.शशीशरण सुवेदीले बताउने बताए ।