नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अबको पार्टी सभापतिमा कोइराला परिवार नै आउने दाबि गरेका छन् ।
कार्यकर्ताको माया र चाहना अनुसारनै कोइराला परिवार सभापतिमा आउन लागेको खुलासा समेत गरेका छन् ।
रिपोर्टर्स क्लव ५ नम्बर प्रदेश कार्यालय बुटवलद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले भने—‘शेखर दा, म र सुजता मध्ये सभापतिमा एकजना सहमतिमै आउछौं ।
देशभरका कांग्रेस नेता कार्यकर्ताको माया र चाहना कांग्रेस नेतृत्वमा कोइराला परिवार नै आओस् भन्ने रहेको आफुले देश दौडाहामा पाएको समेत सुनाए ।
४ बर्षपछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्छ
कोइरालाले अब हुने महासमितिमा बैठकमा नया बिधान पारित गरिने समेत बताए । कम्तिमा आउदो ३० बर्षका लागि बिधान बनाउने उनले प्रष्ट पारे ।
४ बर्षपछिको चुनाबमा कांग्रेस पहिलो श्रेणीमा पुग्ने उनको बिश्वासा छ । ‘कांग्रेस बिबादमा अल्झने अबस्था छैन अब नया रणनीति बनाएर अघि बढ्नुपर्छ उनले भने ।
बर्तमान सरकार संघीयताको मर्म बिपरित चलिरहेको उनले आरोप लगाएका छन् । ‘सरकारले कुनै योजना तर्जुमा गर्न सकेको छैन केन्द्रिकृत शासन चलाइरहेको छ संघीयताको मर्म बुझेको छैन ।
कांग्रेसका २ चुनौती रहेको भन्दै उनले अहिलेको सरकारमा दुइ तिहाइको दम्भ छ भने अर्कोतिर कांग्रेसभित्रैकै संगठन गुट उपगुटमा ध्यान जानु जरुरी रहेको उनको भनाइ छ ।
प्रेसमाथिको हस्तक्षेप बिरुद्ध पत्रकारहरुले खबरदारी गर्नुस्
कांग्रेसकै कारण अहिले नेपालमा २३ बिश्वबिद्यालय २० मेडिकल कलेज छ ८४ हजार किलोमिटर सडक बनेको बताए ।
सरकारले प्रेस जगतलाइ हमला गरेको भन्दै उनले प्रेस आफै स्वतन्त्र हुनुपर्ने र हस्तक्षेप बिरुद्ध खबरदारी गर्न पत्रकारलाइ आग्रह समेत गरे ।
२०१५ सालमा बिपिले प्रेस स्वतन्त्रताको थालनी गर्नुभएको हो ,पत्रकारलाइ ४०० रुपैंया दिएर बिपिले आफ्नो बिरुद्ध लेख्न आग्रह गर्नुभएको उनले स्मरण गरे । ‘सभापतिको अधिकार पनि बिकेन्द्रीकरण गर्नुपर्ने मेरो धारणा छ तल्लो तहलाइ पनि बलियो बनाउनुपर्छ गांउ र प्रदेशमा अधिकार दिनुपर्छ ।
कांग्रेस अधिबेशन समयमै अधिबेशन हुनुपर्ने कोइरालाको धारणा छ । सदनमा कम किन बोल्नुहुन्छ भन्ने प्रश्नमा उनले भनेइस्यु बेश राजनीति गर्नपर्छ,धेरै सम्हालिर बोल्नुपर्ने भएकाले हो उनको जवाफ छ ।
यो बेला दलहरुका केन्द्रिय नेताहरु संघीयता स्थापित गर्नका लागि लाग्नुपर्ने बताउदै देश बिदेश घुम्ने बेला नभएको बताए । प्रचण्डको चाइना र भारत भ्रमण राम्रो सम्बन्ध होस् भन्ने भएको दाबि गरे ।
एमालेलाइ जिताएर गल्ती गर्यौं भन्ने धेरै जनता भेटे
सरकारले कर बढाउने मुल्य बृद्धि गर्ने मात्रै गरेको छ एमालेलाइ जिताएर गल्ती गर्यौं भन्ने धेरै जनता भेटें मलाइ थाहा छैन सरकारको योजना भए मलाइ भन्नुस् उनले भने । कांग्रेसले जितेका ठांउमा कर बढेको छैन भएपनि फिर्ता गर्नूस् उनले निर्देशन दिए ।
क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीको नवनिर्बाचित कार्यसमिति केन्द्रिय पार्षद प्रदेश पार्षदहरुलाइ सम्मान गरिएको थियो ।












