हेर्नुहोस् किलोको कति पुग्यो प्याज र गोलभेंडाको मूल्य ?

प्रकाशित मिति:

काठमाडौ – नेपाली बजारमा प्याजको मूल्य घटेको छ । केहि समयदेखी बढेको प्याजको मूल्य आज घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्याजको खुद्रा मूल्य २ सय रुपैयाँदेखि २ सय १० रुपैयाँसम्म रहेको जनाइएको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि बढेको प्याजको मूल्य गएको हप्तादेखी घटेको हो । चीनबाट चाईनिज प्याज आउन थालेपछि प्याजको मूल्य घट्दै गएको हो । आज बजारमा चाईनिज प्याजको खुद्रा मूल्य प्रतिकेजी १ सय ८० देखि १ सय ९० रुपैयाँसम्म रहेको जनाइएको छ । त्यस्तै आज नेपाली बजारमा गोलभेडाका्े मूल्य पनि घटेको छ । आज गोलभेडाको खुद्रा औसत मूल्य ८५ रुपैयाँ रहेको छ ।