बेलबारी — बिहान स्कुल गएका तीन स्कुले विद्यार्थी घर नफर्रकिएपिछ अभिभावक चिन्तित भएका छन् । बिहान ९:३० बजे विध्यालय हिडेका बेलबारी नगरपालिका वडा नं. १ नक्साल बारी (बिहानी चोक)का सन्देश मगर, अन्जन मगर र इशुब बिक बेपत्ता भएका हुन् ।तीन जना बिध्यार्थीहरू बेलबारी स्थित श्री जनता माध्यमिक बिध्यालयमा अध्यानरत थिए ।
अभिभाबक मध्येका एक राज कुमार मगरका अनुसार अहिले सम्म छोराहरू घर नफर्किएकोले चिन्नित बनेका छौ । केबल १० मिनेटको दुरीमा रहेको बिध्यालयमा उनिहनु नपुग्नुले थप चिन्ता थपेको बताए । उनका अनुसार आफुले दिउँसो ३ बजे छोरो लिन बिध्यालय जाँदा छोराहरू हराएको थाह भएको बताए । उनले छोराहरूको खोजि गरिदन सबैमा आग्रह समेत गरेका छन् ।
तीनै जना बिध्यार्थीहरू गयल रहेको बिध्यालय श्रोतले जनाएको छ ।हाल सम्म आफ्ना छोराहरू घर नफर्किएकोले अभिभावकहरू चिन्तित बनेका छन् । ईलाका प्रहरी कार्यलय बेलबारीमा सम्पर्क गर्दा बालकहरूको उच्च प्रथमिकताका साथ खेजतलास जारी रहेको जनाएको छ ।









