सुन्दर सपना देखेर पढ्न अमेरिका पुगेका सुरजको यो हालत, सहयोग गरेर जीवन बचाउँन अपिल

प्रकाशित मिति:

काठमाडौं – सुन्दर सपना देखेर काठमाडौंबाट अध्ययनका लागि अमेरिका पुगेका एक युवक गम्भीर रुपमा बिरामी परेका छन् । अमेरिकाको कनेटिकट पुगेका एक युवा घाइते भएपछि उनको उपचारका लागि सहयोगको आह्वान गर्नुपरेको छ । बूढानिलकण्ठ नगरपालिका–११ (तत्कालिन कपन गाविस–९) घर भएका २३ वर्षीय सुरज खड्का कनेटिकटमा अहिले उपचार गराइरहेका छन् । उनी कनेटिकट राज्यस्थित साउदर्न कनेटिकट स्टेट युनिभर्सिटीमा कम्प्युटर साईन्स विषय अध्ययन गर्दैछन् ।

उनको पढाई सकिन ६ महिना मात्रै बाँकी छ । गत नोभेम्बर २६ बेलुकाको खाना बनाउँदै गर्दा बैठक कोठामा राखेको मेचमा उनी अल्झिएर भुँईमा पछारिए । लड्ने बित्तिकै उनको दुवै हात र खुट्टा चलेन । उनलाई अस्पताल लगियो । डाक्टरका अनुसार उनको मेरुदन्डमा गम्भिर चोट लागेको देखिएको छ । ६ घण्टा लामो शल्यक्रियापछी उनको रिह्याबमा राखेर थेरापी सुरु भएको छ । उनको हात अहिले चल्न थालेको छ तर खुट्टा अझै चलेको छैन् । उनको उपचारका ‘सोसाइटी अफ नेपालिज इन अमेरिका’ (एसएनए) ले सहयोगको आह्वान गरी गो फन्डमा खाता खोलेको छ । ३० हजार डलर आह्वान गरिएकोमा आइतबार साँझसम्म करिब ५ हजार ४ सय डलर उठेको छ ।-जनबोली बाट