अपाङ्गता भएका छन्त्यालको छोरिलाई पढ्नका लागि कांग्रेस नेता भण्डारीद्वारा आर्थिक सहयोग

प्रकाशित मिति:

प्रकाश अधिकारी ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले बागलुङ जिल्लाको तमानखोला गाउँपालिका वडा न.१ बोङ्गादोवानका भिम छन्त्यालका छोरी पुजा छन्त्याल पढ्नका निम्ति आर्थिक सहयोग गरेका छन्। बुवा छन्त्याल अपाङ्ग छन् भने उनको घरको आर्थिक अवस्था निकै नाजुक छ। २५ हजार सोमबार उनको घरमा पुगि गाउँपालिका अध्यक्ष जोकलाल बुढा,नेपाली कांग्रेस बागलुङ क्षेत्र न.२ को प्रदेश सभा(ख)का अध्यक्ष नरजंङ्ग घर्ती र पूर्व जिल्ला सदस्य खडकबहादुर पुनले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्। उनकी छोरी बागलुङ प्रविधिक शिक्षालय बागलुङमा अनमी पढ्दै छिन। नेता भण्डारी पार्टीले संचालन गरेको पहिलो चरणको जागरणमा १ महिना बसी प्रत्येक स्थानिय तहमा पुगिसकेका छन्।त्यस्तै उपनिर्वाचनमा समेत पार्टीले केन्द्रीय प्रतिनिधिका रूपमा भण्डारीलाई बागलुङ खटाउदा एक साताभन्दा बढी बागलुङ बसेका थिए।