नेपाली जनसम्पर्क समितिलाई चुस्त दुरुस्त बनाउँने महान अभियानमा सहभागि हुन अपिल

प्रकाशित मिति:

काठमाडौँ /मातृभूमि नेपालमा प्रजातन्त्र स्थापना र स्थायित्वका लागि उर्जाशील समय व्यतित् गरेका, द्वन्दमा अभिभावक गुमायका, उन्नत शिक्षा र सहज जिवन यापन प्राप्तिका कारणले सांस्कृतिक तथा पारिवारिकताको न्यानोपनबाट अलग रहन बाध्य भएका सम्पूर्ण प्रजातन्त्र प्रेमीहरूमा हार्दिक जय नेपाल नेपाली कांग्रेस र भातृ संस्थाको विभिन्न तह र तप्काको जिम्मेवारी वहन गर्दै महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पार्टी सभापती, केन्द्रीय सदस्य एवं पदाधिकारी, नेपाल सरकारका मन्त्रि एवं राष्ट्र सेवक, डाक्टर, इंजिनियर, पत्रकार, स्कलर्स, व्यापारी, कलाकार ,खेलाडी लगायत शुभेक्षुकहरू स्वेच्छा वा बाध्यतावस हाल संयुक्त राज्य अमेरिकामा अस्थाई वा स्थाई वसोवास गर्नु हुने सम्पूर्ण न्याय प्रेमी लोकतन्त्रवादीहरूमा एकतावद्ध भएर प्रजातन्त्रको सवलिकरणको पक्षमा उभिन हार्दिक अनुरोध गर्दछौं ।

आजको एक्काइसौं शताब्दीमा विश्वको परिवर्तित आयाम अनुकूल नेतृत्व गर्न सक्ने राष्ट्रीयता, प्रजातन्त्र, समाजवाद र स्वतन्त्रता अवलम्बन गरेको र तदनुरूप मातृ पार्टी नेपाली कांग्रेसलाई योगदान दिन सक्ने, अमेरिका स्थित लोकतान्त्रिक संस्था र नेता तथा कार्यकर्ता विच समन्वय गराउँन योग्य, पार्टिका विभिन्न जिम्मेवारीमा रहि अनुभव संगालेको, पार्टिको आदर्श, विधी र विधान को मर्म र भावनालाई आत्मसाथ गरेको, ईमानदार र गतिशिल नेतृत्व आजको आवश्यकता हो । नेपाली जन सम्पर्क समिति अमेरिकामा देखापरेका कमीकमजोरीलाई सुधार गर्दै “आर्थिक पारदर्शिता” को आम चाँसोको मुद्दालाई सत्य तथ्य छानविन मार्फत किनारा लगाउँदै सबैको भावना र अपनत्व समेट्ने साथै संश्थालाई “हामि सबैको” बनाउँन जनसम्पर्क समितिलाई व्यवहारमा नै नेपाली जनसम्पर्क समिति बनाउँन सम्पूर्ण निष्ठावान सामाजिक तथा राजनैतिक महानुभावहरूलाई लोकतान्त्रिक मूल्य र मान्यताको यस सुन्दर बगैंचालाई मल जल गर्दै पारदर्शी निर्वाचन मार्फत नेपाली जनसम्पर्क समितिलाई चुस्त दुरुस्त बनाउँने महान अभियानमा सहभागि हुन हार्दिक अपिल गर्दछौं।यहि आउँदो नयाँ बर्ष २०२० ले हामि सबैमा उर्जा, उमङ्ग र उत्साह जगाइ एकताको बिगुल फुक्ने अपेक्षाका साथ सबै मान्यजनहरु र साथिहरुलाई हार्दिक मगंलमय शुभकामना ।