रुपन्देहीको भलवारीमा दुुर्घटना एकको मृत्यु

प्रकाशित मिति:

रुपन्देही /रुपन्देहीको भलवारी चोकमा तेल बोक्ने टेयांकरले साइकल यात्रीलाई ठक्कर दिंदा एकजनाको ज्यान गएको छ । लु १ ख ६४१३ नम्बरको तेल बोक्ने ट्यांकरले पश्चिम तर्फबाट आउंदै गरेको साइकललाई ठक्कर दिंदा तिलोत्तमा ७ समावेशी टोल बस्ने १६ वर्षीया रश्मी न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल आयल निगम भलवारीबाट निस्किएको ट्यांकरले साइकलमा सवारलाई ठक्कर दिएको थियो । साइकलमा सवार ३१ वर्षीया भोजकुमारी केसी घाइते भएकी छन् । उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा प्राथमिक उपचार पछि काठ्माण्डौ रिफर गरिइको छ । ठक्कर दिने ट्यांकर र चालक प्रहरी नियन्त्रणमा छन् ।